खगेन्द्र जिसीको संयोजकत्वमा एनआरएनएको सामाजिकीकरण कार्यदल


प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार

गैर आवाशीय नेपाली संघ, (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदले ग्लोबल नेपाली डाएस्पोराले उठाउदै आएको सामाजिकीकरणको मुद्धालाई संबोधन गर्ने गरी विशेष समिति गठन गरेको छ ।

संघका केन्द्रिय अध्यक्ष कुमार पन्तको पहलमा युरोप, अमेरिका, अष्ट्रेलिया र एशियाका स्थायी वासिन्दाको पहिलो दोस्रो पुस्ताको आर्थिक, राजनीतिक, सांस्कृतिक मुद्धाहरुलाई सहजीकरण गर्ने गरी अमेरिकाका कानुन ब्यावसायी खगेन्द्र जिसी संयोजक र संचारकर्मी पुरुषोत्तम ढकाल सदस्य सचिव रहेको २१ सदस्य ग्लोबल नेपाली डाएस्पोरा मुलधारको सामाजिकीकरण समिति गठन गरेको हो ।

संघका महासचिव डा. हेमराज शर्माले जारी गर्नु भएको विज्ञाप्ति अनुसार समितिको सल्लाहकारमा ह्यारी भण्डारी, लक्ष्य गुरुङ, महेन्द्र कुमार लम्साल, डा. श्याम कार्की, दर्शन रौनियार रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समितिको क्षेत्रीय उपाध्यक्षहरुमा मोनी लिम्बु-अष्ट्रेलिया, बाला घिमिरे-अमेरिका, कुल प्रसाद गुरुङ-एशिया, डा. जगन्नाथ शर्मा- युरोप र संयोजकहरुमा राजेन थापा, निरोज श्रेष्ठ, अमित शाह, खड्क बहादुर केसी, रामेश्वर भण्डारी, पदम विश्वकर्मा चयन भएका छन् भने सदस्यहरुमा भक्त थापा, जुबी गौचन,  जिज्ञान थापा, बिजय थापा, स्मीता मल्ल, मित्र काफ्ले,  प्रदिप ढकाल, प्रविन घिमिरे, शैलेश कुमार कर्माचार्य रहेका छन् ।

संघ गठन लगत्तै समितिका अध्यक्ष प्रतिक्रिया दिदै खगेन्द्र जिसीले संघको केन्द्रिय नेतृत्व र अध्यक्ष कुमार पन्तले ग्लोबल नेपाली डाएस्पोराको मुद्धालाई प्राथमिकतामा राखेर दिएको कार्यभार पुरा गर्ने बताउनु भयो ।

नवनियुक्त सदस्य सचिव ढकालले निकट भविष्यमै डाएस्पोराको पहिलो र दोस्रो पुस्ताका आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा सफल नेपाली समुदायको सहभागितामा विश्व सम्मेलन आयोजना गरी युरोप, अमेरिका, अष्ट्रेलिया र एशियाका स्थायी वासिन्दाको पहिलो दोस्रो पुस्ताको आर्थिक, राजनीतिक, सांस्कृतिक सामाजिकीकरणको मुद्धाहरुलाई संबोधन गर्ने गरी दिर्घकालिन योजना तय गरिने जानकारी दिनु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com