नेपाली नोट छपाईमा त्रुटी, एकापट्टी छापिएन हजारको नोट


प्रकाशित मिति : भाद्र १, २०७३ बुधबार

दोलखाको जिरीमा नेपाली रुपैयाँ १ हजारको १ थान नोट एक पट्टि नछापिएको भेटिएको छ ।

जिल्ला अस्पताल दोलखाको ल्याब प्राविधिक विरेन्द्र यादवले पैसा घरमा रेमिटेन्स गर्ने क्रममा ङ १९ ७१७४१८ नम्बरको एकापट्टि नछापिए नोट फेला परेको हो ।

यादव अस्पतालबाट नजिकै रहेको जनसहयोगी साकोस मालीको जिरी शाखामा रेमिटेन्स गर्न पुगेका थिए ।

रकम रेमिटेन्स भए पछि साकोसका कर्मचारीले रकम भुत्तानी लिने क्रममा नयाँ नोट भएको विस्तारै गन्दै जाँदा नफोरेको वण्डलको ८० औँ स्थानमा एकापट्टि नछापिएको अवस्थामा नेपाली नोट भेटिएको हो ।

ङ १९ ७१७३३८ नम्बर पहिलो नोट रहेको विट्टामा यस्तो नोट रहेको पाई पछि यादवले  एकापट्टि नछापिएको नोट रहेको सार्वजानीक गरेका थिए ।

note 1

उक्त नोट कहाँबाट आयो भन्ने क्रममा यादवले नेपाल बैंक लिमिटेड चरिकोट शाखाबाट २०७३ अशाढ १४ गते आप्mनो तलब भत्ता लिने क्रममा लिएको र त्यहि बेला उक्त रकम  आएको बताए ।

आपूmसँग नछापिएको नोट भए पनि रेमिटेन्स गर्नेक्रममा गन्ती गर्दा मात्र थाह भएको यादवले बताए ।

एकापट्टि नछापिएको ङ १९ ७१७४१८ नम्बरको नोट यादवले  सुरक्षित राख्ने बताएका छन् ।
हेर्दा नछापिएको पट्टि मधुरो विदेशी नोट जस्तो देखिन्छ । अन्य नोटको तुलनामा हातले छाम्दा केही पातलो रहेको छ ।

यादवको अनुसार नेपाल बैंकबाट लिएको नोटमा नै एक हजारको नोट नछापिएको पाईएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com