अमेरिकाबाट स्वदेश फर्कन चाहनेहरु भन्छन्-‘नेपाल सरकारले पहल मात्रै गरिदिए हुन्छ’


प्रकाशित मिति : बैशाख १९, २०७७ शुक्रबार

अमेरिकामा रहेका नेपाली नागरिकहरुले बिगत एक महिनादेखी स्वदेश फर्कन पाउनुपर्ने भन्दै नेपाल सरकारसंग हारगुहार गरिररहेका छन् । भाइरस संक्रमणका कारण बिभिन्न भिषामा अमेरिका आई यहीँ रोकिएका नेपालीहरुले सरकारसंग आफुहरुलाई देश फर्काउन आग्रह गरेका हुन् ।

अमेरिकामा रोकिएका नेपाली नागरिकहरुले आफ्नै खर्चमा यात्रा गर्ने र सरकारले भनेको ठाँउमा क्वारेन्टाइनमा बस्ने प्रतिवद्धता समेत जनाएका छन् । उनिहरुले भनेका छन्, हामी आफ्नै खर्चमा जान्छौं, अनि सरकारले तोकेका सबै नियम पालना गछौं, मात्रै हामीलाई स्वदेश फर्काउन सरकारले पहल गरिदियोस ।

यसरी नेपाल फर्किन चाहनेहरुको संख्या हाल सम्म ३६० नाधेको छ । पोखरामा प्रधान कार्यलय रहेको बतास अर्गनाइजेशनले अहिले बिवरण संकलन गरिरहेको छ । बतास अर्गनाइजेशनका कार्यकारी निर्देशक शान्ताराज बसातले नेपाल सरकारसंग समन्वय गर्ने काम भईरहेको उल्लेख गर्दै, फर्म भर्न आग्रह गरेका छन् ।

नेपाल फर्किन चाहनेहरुले अमेरिका बसाईमा अन्यौल भएको, खर्च सकिन लागेको, परिवारको रेखदेख गर्नुपर्ने, औषधी सकिन लागेको जस्ता गुनासो गरेका छन् । बतास अर्गनाइजेशनले अहिले अमेरिका तथा विश्वभरबाट नेपाल फर्किन चाहना भएकाहरुको सुचना संकलन गरिरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्गनाइजेशनका कार्यकारी निर्देशक शान्तराज बतासका अनुसार सरकारले चाँडै सहयोग गरेमा टेक्सासबाट मानिसहरु संकलन गरि वासिङटन डिसीबाट नेपालका लागि सिधा उडान भरिने जानकारी दिए ।

आफ्नो बिवरण सहित यो लिङकमा फर्म भर्नुस ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com