सशस्त्र प्रहरीको कुटाइबाट ७० वर्षीय वृद्धसहित ३ जना घाइते


प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको कुटाइबाट ३ जना घाईते भएका छन् । जिल्लाको सिमावर्ती गाउँपालिका पाल्हीनन्दन वडा ५ को भगतवपुरवाँ गाउँ नजिक दजगजामा राती ९ बजेको समयमा सशस्त्र प्रहरीको कुटाइबाट एक बृद्धासहित २ जना किशोर घाइते भएका हुन् । घाइते हुनेमा भगतपुरवाँ निवासी ७० वर्षीय पुर्णवासी कहार, सोही ठाउँ बस्ने १४ वर्षीय अक्लेश गौड र १६ वर्षीय मुन्ना गौड रहेका छन् ।

घाइते भएका ७० वर्षीय पुर्णवासी गौडको पाखुरा भाँचिएको, टाउँ फुटेको, हातसहित विभिन्न ठाउँमा घाउ लागेको छ भने १४ वर्षीय अक्लेश गौडको हात भाँचिएको र शरीरको विभिन्न ठाउँमा घाउ लागेको छ त्यस्तै लाठीचार्ज हुँदा भाग्ने क्रममा मुन्ना गौडलाई प्रहरीको लाठीले कम्मरमा घाउको निशान बसेको देखिएको छ । सशस्त्र प्रहरीले आफूहरुलाई लखेटी–लखेटी लाठीचार्ज गरेको घाइतेकोहरुको दावी छ । उनीहरुको परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भैरहेको छ ।

यसरी घटयो घटना

गत राति ९ बजेको सयमा भारतबाट केहि स्थानीय तस्करहरु सशस्त्र प्रहरीको सेटिङ्गमा ७–८ वटा सुंगुर नेपाल भित्राइरहेको अक्लेश गौडले देखेपछि घटना बाहिर आउँला भन्ने आशंकामा आफूहरुलाई निर्घात कुटपीट गरिएको घाइते को आरोप छ । ‘सो क्षेत्रबाट सुंगुरको तस्करी भैरहेको देखेपछि सशस्त्र प्रहरी घटना लुकाउन मेरो मोबाईल खोसी मलाई कुटपिट गरेको हो,’ गौड भन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भगतपुरवाँ दशगजाबाट मात्र ३ सय मिटरको दुरीमा रहेको एक गाउँ हो । दशगजामै लामो समयदेखि अक्लेश गौडका बुवा रक्सी पसल सञ्चालन गर्दै आएका थिए तर अहिले लकडाउनले सो पसल बन्द छ । पसलमा एक साइकल र एक भारतीय पलेटको मोटरसाइकल र केहि सर–सामान रहेकाले उसको रेखदेख गर्न पसल साहु पसलमा सुत्दै आएका थिए ।

एक दिन अगाडी पसलमा सुत्न गएको बेला सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीका जवानहरुले अब यहाँ नसुत्नुस भनेपछि गत राति ९ बजेको समयमा उनका छोरा अक्लेश गौड मोबाइलको बत्ति बाल्दै पसलमा झुल लिन गएका थिए । त्यति नै बेला उनले भारतबाट ७–८ वटा सुंगुर नेपाल भित्रिरहेको देखे । उनी पसलतिर बढिरहँदा सशस्त्र प्रहरीका जवानहरुले उनलाई देखेपछि मोबाइलमा फोटो खिचिएहोला भनि मोबाइल खोसेर कुटपिट गर्न थालेको अक्लेश गौड बताए ।

सशस्त्र प्रहरीको कुटाईबाट गम्भीर घाईते भएका गौड घर फर्किएपछि आफनो घरपरिवारलाई खबर गरे । घटना बुझन दशगजा क्षेत्र निक्सेका परिवारका सदस्यलाई ५ जना सशस्त्र प्रहरीको टोलीले लखेटदै लाठी प्रहार गर्न थालेको उनीहरुको आरोपछ । भाग्न नसकेर ७० वर्षीय वृद्ध पूर्णवासी गम्भीर घाइते भएका छन् ।

के भन्छन् सशस्त्र प्रहरीका एसपी ?

यता सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले, मोटरसाइकलमा रक्सी बोकेर भारत लैजान खोज्दा प्रहरीले रोकेपछि गाउँनै आएर आफ्नो जवान र पोष्ट माथि आक्रमण गर्न खोज्दा रक्षाका लागि लाठीचार्ज भएको बताए । राति ९ बजेको समयमा भारतीय मोटरसाइकलमा रक्सी लोड गरि भारत लैजाने क्रममा सीमा खटिएको सुरक्षाकर्मीले देखेर लखेटदा मोटरसाइकल त्यहीँ छोडी रक्सी लिएर उनीहरु भागेको उनले बताए ।

मोटरसाइकल नियन्त्रणमा लिइएको र तस्करी गर्न नदिएको भन्दै गाउँलेहरु नै अस्थायी पोष्ट उखेल्न र सीमामा खटिएका सशस्त्रका जवानहरु माथि आक्रमण गर्न खोज्दा आफ्नो रक्षाका लागि लाठिचार्ज गर्न परेको उपरिक्षक खनियाले जानकारी दिए । यता, सशस्त्र प्रहरीको कुटाईबाट घाइतेहरुको अवस्था देखेपछि जिल्लाका विभिन्न राजनीतिक दल प्रमुख/प्रतिनिधि र नागरिक समाजले घटनाको घोर निन्दा गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com