वेवारिस हुन पाएन न्युयोर्कमा मृत्यु भएका राईको शव, एकमहिनापछि दाहसंस्कार


प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार

न्युयोर्कमा गत मार्च २७ मा मृत्यु भएका बिष्णुकुमार राईको शव एकमहिनापछि आज दाहसंस्कार गरिएको छ । राईको शव कसैले पनि दावी नगरेपछि वेवारिसे शवका रुपमा सामुहिक चिहानमा दफनाउन लैजान लागिएको थियो । तर मेरिल्याण्ड राज्य संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीको विशेष पहलमा उक्त शव वेवारिसे बनेर सामुहिक चिहानमा जानबाट रोकिएको छ ।

दुखद संयोग के छ भने १९४८ अप्रिल २५ मा जन्मिएका राईको दाहसंस्कार उनी जन्मिएको मितिको तीनदिनपछि अर्थात् अप्रिल २८ मा गरिएको छ ।

मार्च २७ मा न्युयोर्कको एल्हस्र्ट अस्पतालमा राईको मृत्यु भएको थियो । तर भण्डारीको पहलमा झण्डै दुईसातापछि उनको मृत्यु पुष्टी गर्न सम्भव भएको थियो । डेढ नोटिफिकेशन सेन्टरले राईको मृत्यु भएको जानकारी दिएपनि मृतक राईको वास्तविक पहिचान पत्ता लगाउन केहीसमय लागेको थियो । त्यसपछि उनका परिवारका सदस्यहरुको खोजी थालिएको थियो ।

राईको भान्जी नाता पर्ने सपनादेवी राई सम्पर्कमा आएपछि बिष्णुकुमार राईको शव कहाँ छ भन्ने विषयमा भण्डारीले खोजी सुरु गरेका थिए । सामुहिक चिहान बनाउने गरिएको हार्ट आइल्याण्डमा सम्पर्क गर्दा त्यहाँ शव पुगिनसकेको पत्तो लागेको थियो । त्यसपछि उनको शव मेडिकल इक्जामिनरको कस्टडीमा रहेको पत्ता लागेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही घण्टामात्र सम्पर्क नगरेको भए उनको शव सामुहिक चिहानमा जाने थियो । तर भण्डारीले समयमै सम्पर्क गर्दा उक्त शव सामुहिक चिहानमा जानबाट रोकिएको थियो । त्यसपछि न्युयोर्कका सामाजिक व्यक्तित्व केशवराम राई लगायतले मृतक राईका परिवारका सदस्यहरुलाई सम्पर्कमा ल्याएर दाहसंस्कारका लागि स्वीकृतिको बन्दोबस्त गरेका थिए ।

मृतक राईका नजिकका नातेदारमा भान्जीमात्र जीवित रहेकाले भान्जीको स्वीकृतिपछि आज दाहसंस्कार गरिएको हो । दाहसंस्कारका लागि न्युयोर्कका दाहसंस्कारगृहहरुमा पालो नपाएका कारण र शव धेरैदिनदेखिको रहेका कारण न्युजर्सीमा रहेको दाहसंस्कारगृहमा शव दाहसंस्कार गरिएको छ । न्युजर्सीको नर्थ ब्रोंक्सवीकमा रहेको रुबी मेमोरियल क्रिमेशन सर्भिसमा राईको दाहसंस्कार गरिएको हो ।

दाहसंस्कारका लागि लाग्ने खर्च बाल्टिमोरमा रहेको गैरनाफामुलक संस्था फ्रेण्डस अफ स्पार्चले बेहोरेको छ । प्रकाश शरदको उक्त गैरनाफामुलक संस्थाले अर्का एकजना नेपालीको दाहसंस्कारमा समेत आर्थिक सहयोग गरेको छ ।

‘राईको शव बेबारिसे हुनबाट र सामुहिक चिहानमा जानबाट बचेको छ । उहाँको आज सम्मानपूर्वक दाहसंस्कार भएको छ । उहाँको आत्माले शान्ति पाओस् ।’ –  डेलिगेट ह्यारी भण्डारीले खसोखाससँग भने ।

मार्च २७ मा एल्महस्र्ट अस्पतालमा मृत्यु भएका बिष्णुकुमार राई त्यसको केहीदिन अगाडि एल्हमस्र्ट अस्पतालमा भर्ना भएका थिए ।

सुरुमा उनको शव दाहसंस्कारका लागि जिम्मा लिने कोही व्यक्ति अमेरिकामा नभएका कारण वेवारिसे अवस्थामा रहेको थियो । झण्डै २७ बर्ष अगाडि विदेशिएका राईको ७२ बर्षको उमेरमा निधन भएको हो ।

राई केहीबर्ष अगाडि आप्रवासीको अधिकारका लागि कृयाशिल संस्था अधिकारको सम्पर्कमा आएका थिए । अधिकारले उनलाई टीपीएस दिलाउनका लागि सहयोग गरेको थियो । उनको वर्क परमिटमा उनको जन्मदेश नेपाल उल्लेख गरिएको थियो ।

बिष्णु राईको पुरानो तस्वीर ।

लामोसमय होमलेस सेल्टरमा बसेका उनले सन् २०१७ को फरबरी देखि अधिकारकै सहयोगमा नर्सिङ होम प्राप्त गरेका थिए । रकवे केयर सेन्टरको कागजात अनुशार उनी सन् २०१७ को फरबरी २४ देखि एल्महस्र्ट अस्पतालबाट रकवे केयर सेन्टरमा भर्ना भएका थिए ।

केयर सेन्टरको कागजात अनुशार राई मृगौलाका बिरामी थिए । उनले नियमित रुपमा डायलासिस गराउँदै आएका थिए । साताको तीनपटक उनको डायलासिस गराउँदै आइएको थियो ।

एल्महस्र्टको ब्रोडवे डायलासिस सेन्टरका अनुशार राईले सन् २०१२ को मार्च देखि नै उक्त डायलासिस सेन्टरमा डायलासिस गराउँदै आएका थिए । सन् २०१२ को मार्च २२ देखि उक्त सेन्टरमा राईको डायलासिस सुरु गरिएको खसोखासलाई प्राप्त कागजातमा उल्लेख छ ।

उनले हरेक मंगलबार, बिहिबार र शनिबारगरी हप्तामा तीनपटक डायलासिस गराउँदै आएका थिए । एकपटकको डायलासिसमा ४ घण्टा लाग्ने गरेको ब्रोडवे डायलासिस सेन्टरले जनाएको छ । कागजातमा उल्लेख भए अनुशार उनमा निको नहुने प्रकारको क्रोनिक स्वास्थ्य अवस्था रहेको थियो ।

उनले बेलाबेलामा रक्तश्राव, बान्ता, कमजोरी, रिंगटा लाग्ने लगायतका समस्याहरु समेत भोग्दै आएका थिए । होमलेस सेल्टरमा बस्ने क्रममा उनी बिरामी भएर अस्पतालमा भर्ना भएर फर्कदा उनका सामानहरु मिल्काइने लगायतका समस्या उनले भोग्दै आएका थिए ।

उनले आफ्ना कुनै परिवारका सदस्यहरु नरहेको बताउँदै आएका थिए । टीपीएसभन्दा अगाडि उनको जीवन अत्यन्तै दर्दनाक रहेकोमा टीपीएस पाइसकेपछि भने उनले नर्सिङ होम पाएका कारण केही सहज भएको थियो ।

बाँच्नका लागि लागि लामो समयदेखि संघर्ष गर्दै आएका उनको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर रहेका कारण र उनी मुटुको समेत रोगी भएका कारण उनी कोरोनासँग भने जुध्न सकेनन् । मार्चमा अस्पतालमा भर्ना भएका उनी मार्च २७ मा यो संसारबाट बिदा भए ।

राई नेपालको काठमाडौंमा रहँदा बाँसबारीमा बस्दै आएको र नविल बैंकमा सेक्युरिटी अफिसरका रुपमा काम गरेको उनकी भान्जी सपनादेवी राईले जानकारी दिएकी छिन् ।

दुई दाजुभाई र एकबहिनीमा बिष्णुकुमार राई जेठा थिए । राईले कहिले पनि विवाह नगरेको जनाइएको छ । उनका भाईले विवाह गरेको तर बच्चा नजन्मिदै भाईको निधन भएकाले भाईकी श्रीमतिले अर्कैसँग विवाह गरेर गएको जनाइएको छ । राईकी बहिनीले पनि बच्चा जन्माएपछि अन्यत्रै गएकाले आमासँग आफ्नो सम्पर्क नरहेको भान्जी सपनादेवीले जानकारी दिइन् ।

उनले भनिन् – ‘आमापनि मलाई जन्माएपछि अन्यत्रै विवाह गरेर जानुभयो । म हजुरबा र हजुरआमासँग हुर्कें । हजुरबा भारतीय सेनामा हुनुहुन्थ्यो । आमाले अन्तै विवाह गरेपछि मेरो अभिभावकका रुपमा मामा बिष्णुकुमार राई नै हुनुहुन्थ्यो ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com