कोरोना भाइरस संक्रमणका कारण अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्ने गैरआवासीय नेपाली महेश पन्थीको निधन भएको छ । भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका पन्थीको मंगलबार बिहान उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।
कोभिड १९ बाट संक्रमित भएका पन्थीको बिगत २० दिनदेखी इनोभा फेयर ओक्स अस्पतालमा उपचार भईरहेको थियो । नेपालमा ललितपुर कुपन्डोल घरभएका पन्थीका आमा, एक श्रीमती, एक छोरा र एक छोरी छन् । पन्थी एक दशक देखि अमेरिका थिए । पूर्व खेलाडी समेत रहेका पन्थीको निधनप्रति स्थानिय संघ सस्थाहरुले सामाजिक सञ्जाल मार्फत दुख व्यक्त गरेका छन् ।
बाल्टिमोर एशोसियन अफ नेप्लिज इन अमेरिका (बाका) का पूर्व अध्यक्ष विजय श्रेष्ठले पन्थीको निधनमा दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।