‘नागरिक भन्दै ढाँट्ने ग्रिनकार्डवाहक पनि देशनिकालामा पर्नसक्छन्’ – रमेश श्रेष्ठ


प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार

कानुन व्यवसायी रमेश श्रेष्ठ

अमेरिकी सरकारको युएससीआईएसले अपडेट गरेको नीति अनुशार विगतमा आफू अमेरिकी नागरिक भएको भन्दै ढाँटेका ग्रिनकार्डवाहक समेत अमेरिकाबाट देशनिकालामा पर्नसक्ने अमेरिकाका चर्चित कानुन व्यवसायी रमेश श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो – ‘यदि विगतमा अमेरिकी नागरिक नभईकनै कसैले अमेरिकी नागरिक हुँ भन्दै ढाँटेको छ भने त्यस्तो व्यक्ति अमेरिकी ग्रिनकार्ड पाउन अयोग्य हुनेछ भने अमेरिकामा स्थायी प्रतिबन्ध लाग्नसक्छ । यदि उसले ग्रिनकार्ड पाइसकेको भने भने ग्रिनकार्ड खारेज गरेर देशनिकालाको प्रकृयामा जानसक्छ ।’

म्याटर अफ झांगको बारेमा बोर्ड अफ इमिग्रेशन अपिलले गरेको फैसलाका आधारमा युएससीआईएसले नीति अपडेट गरेको हो । नीति अनुशार यदि कुनै व्यक्तिले जान वा अन्जानमा नै आफू नागरिक भएको भन्दै ढाँटेर कुनै सुविधा लिएको भएमा त्यसलाई देशनिकालामा राखिने वा अमेरिकामा स्थायी प्रतिबन्ध लगाइने उल्लेख रहेको श्रेष्ठले जानकारी दिनुभयो । तर अब यदि कुनै व्यक्तिसँग अमेरिकी नागरिकताको प्रमाणपत्र छ तर उक्त प्रमाणपत्र उसले विधि र प्रकृयाबाट प्राप्त नगरेको प्रमाणित भएमा त्यस्तो प्रमाणपत्रलाई नागरिकको मान्यता नदिइनेगरी नीति अपडेट गरिएको श्रेष्ठले बताउनुभयो ।

झांगले सन् १९९१ मा अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेका थिए । त्यसपछि उनले अमेरिकी नागरिकताका लागि आवेदन दिए । तर उनले अमेरिकी नागरिकताको अन्तरवार्ता उत्तिर्ण गर्न सकेनन् । पटकपटक पनि अन्तरवार्ता उत्तिर्ण गर्न नसकेपछि उनले युएससीआईएसका अधिकारीलाई प्रभावमा पारेर विना सपथ नागरिकताको प्रणापत्रप्राप्त गरे । र, उक्त प्रमाणपत्रका आधारमा अमेरिकी पासपोर्ट लिए ।

तर पछि अनुसन्धान हुँदा उनले अमेरिकी नागरिकताको अन्तरवार्ता उत्तिर्ण गरेको रेकर्ड पनि भेटिएन भने उनले सपथ लिएको रेकर्ड पनि भेटिएन । त्यसपछि उनको अमेरिकी नागरिकता खारेज गरियो भने ग्रिनकार्डसमेत खोसेर देशनिकालाको प्रकृयामा राखियो । उनले देशनिकाला हुनबाट त राहत पाए तर उनको अमेरिकी नागरिकता वा ग्रिनकार्ड भने खोसियो । यही मुद्दाका आधारमा युएससीआईएसले व्यक्तिसँग अमेरिकी नागरिकताको प्रमाणपत्र भएपनि त्यो बैध प्रकयाबाट प्राप्त गरेको छैन भने त्यो अमान्य हुने उल्लेख गर्दै नीति अपडेट गरेको कानुन व्यवसायी श्रेष्ठले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी नागरिक भएको भन्दै झुठो बोलेकालाई अमेरिकामा स्थायी प्रतिबन्ध लाग्ने नीति

झांगको मामलामा कडा अनुसन्धान भएपछि कैयन युएससीआईएसका अफिसरहरु पनि फसेका थिए । त्यो बेलामा अन्तरवार्ता उत्तिर्ण नगरी वा सपथ नलिई अमेरिकी नागरिकताको प्रमाणपत्र पाउन सफल व्यक्तिहरुका बारेमा पनि अनुसन्धान सुरु गरिएको थियो । जसका कारण यसरी अमेरिकी नागरिकताको प्रमाणपत्र लिएका कैयन परिवारहरु समस्यामा परेका छन् ।

युएससीआईएसले अपडेट गरेको नीति अनुशार रोजगार प्रमाणिकरण फर्ममा समेत आफू अमेरिकी नागरिक नभई अमेरिकी नागरिक उल्लेख गरेर जागिर खाएकाहरु समेत समस्यामा पर्नसक्ने श्रेष्ठको भनाई छ । रोजगारदाताले भर्न दिएको फर्ममा युएस नेशलन र युएस सिटिजनमा झुक्किएर सिटिजनमा टिकमार्क त लगाएकाहरु वा कुनै ऋण वा सुविधा लिनका लागि अमेरिकी नागरिक भएको उल्लेख गरेकाहरुलाई यो नीति अनुशार देशनिकाला र अमेरिकामा स्थायी प्रतिबन्ध लाग्नसक्ने श्रेष्ठले जानकारी दिनुभयो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com