एनआरएनएको राहत ३० हजार बढीलाई


प्रकाशित मिति : बैशाख १५, २०७७ सोमबार

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले ३० हजार बढीलाई राहत सामग्री उपलब्ध गराएको छ । एनआरएनएले राहत वितरण, स्वदेश फिर्ता र पुनःस्थापनाको कार्यक्रमलाई युद्धस्तरमा अघि सारेको जनाएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का महासचिव डा हेमराज शर्माका अनुसार ४१ देशमा १५० भन्दा बढी शहरमा ९०० भन्दा बढी स्वयम् सेवक राहत वितरणका लागि खटिएका छन् ।

सङ्घका राष्ट्रिय समिति र अन्तरराष्ट्रिय परिषद्ले स्थापना गरेको २४घण्टे हटलाइनबाट सात हजारभन्दा बढी नेपालीले परामर्श लिएको डा शर्माले जानकारी दिए । कूल ७० जना चिकित्सकले एक हजार २०० नेपालीलाई स्वास्थ्यसम्बन्धी परामर्श दिएका छन् । राष्ट्रिय समन्वय परिषद्ले झण्डै रु तीन करोड बराबरको राहत कोष स्थापना गरिसकेको छ ।

कोषको रकम बढ्ने क्रममा छ । एनआरएनए कोरिया, चीन, मकाउ, हङकङ र युएईले रु दुई करोड बढीको स्वास्थ्य सामग्री नेपाल पठाएको एनआरएनएले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एनआरएनए अन्तरराष्ट्रिय समन्वय परिषद्ले रु पाँच करोडको राहत कोष लक्ष्यसहित बढाउने अभियान जारी राखेको सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी दिए । यसैगरी नियन्त्रित र सुरक्षित स्वदेश फिर्ताको रणनीतिक योजना बनाइ सरकारलाई उच्चस्तरीय समितिले ज्ञापन बुझाएको छ ।

पुनःस्थापना र स्वदेश फिर्ता भएका नेपालीमा कसरी पुनःस्थापन गर्न सकिन्छ, उनीहरुले बाहिर सिकेको ज्ञान र सीपलाई कसरी देश विकासमा सदुपयोग गर्न सकिन्छ भन्नेबारेकोे योजना तयारीकोे क्रममा रहेको छ ।

एनआएनएका अनुसार शनिबारसम्म मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या ४९ पुगेको छ, जसमा बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्की १ र नेदरल्याण्डमा १ जनाको ज्यान गएको छ । झण्डै दुई हजार जना कोरोना सक्रमित भएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com