महामारीमा महानायकका सुझाव : धेरै नखानु, कसरत गर्न नछोड्नु र हिम्मत नहार्नु


प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार

कोरोना महामारीबाट आक्रान्त नेपालीहरुलाई महानायक राजेश हमालले धैर्य गर्दै हिम्मत नहार्न सुझाव दिएका छन् ।

‘यतिबेला सिंगो संसार नै यो युद्ध लडिरहेको छ त्यसैले हामीले हिम्मतका साथ धैर्य गरेर यो लडाई लड्यौं भने पक्कै जित्नेछौं ‘ – महानायकले भने ।

अमेरिकामा रहेका पत्रकार सूर्य थापासंग भिडियो लाईभमा काठमाण्डौबाट बोल्दै महानायकले भने यो हाम्रो जिवनकालमा आउने निकै अप्ठ्यारो समय हो तर आत्तिएर भन्दा पनि बिज्ञानलाई आत्मसात् गर्दै अगाडि बढ्नु पर्दछ ।

नेपालमा लकडाउन छ अनि संसारभरका धेरै नेपालीहरु घरमै छन् त्यसैले आफ्नो स्वास्थ्य तन्दुरुस्त राख्न धेरै नखान र जिम बन्द छ भन्दै घरमा अल्छी भएर नबस्न पनि महानायकको आग्रह छ ।

हमालसंग पत्रकार थापाले गरेको प्रत्यक्ष कुराकानी

मानिसले चाहेमा सानै ठाउंमा पनि कसरत गर्न सकिन्छ म आफै पनि घरमै दैनिक कसरत गर्दछु उनले भने त्यसैले कोरोना महामारीलाई देखाएर कसरत गर्न रोक्न पनि हुंदैन ।

धेरै युवाहरुले रोजगार गुमाउनु पर्ने र मनोरन्जन क्षेत्रलाई पनि असर गर्ने चिन्ता ब्यक्त गर्दै हमालले भने आशा गरौं चांडै सबैको पंहुचमा हुने गरि खोप बन्नेछ र हामी पुरानै दिनमा फर्कन पाउंने छौं ।

भारतबाट नेपाल आउन खोजेका र बिभिन्न देशमा रोजगार गुमाएर घर फर्कन खोजेका युवाहरुको बारेमा चिन्ता ब्यक्त गर्दै हमालले भने मलाई बिश्वास छ सरकारले चांडै यस बिषयमा अवश्य कदम चाल्ने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धेरै दर्शकहरुले प्रत्यक्ष रुपमा हेर्दै प्रश्न राखेको कार्यक्रममा महानायक हमालले आफु अझै केहि समय फिल्म क्षेत्रमै काम गरेर मात्र राजनीतिमा आउने चाहना रहेको बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com