अनेसासको “जुम चौतारी” लोकप्रिय बन्दै, चर्चित गायक राम कृष्ण ढकालको सहभागिता


प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार

अन्तराष्ट्रिय साहित्यिक समाज, डिसी मेट्रो कमिटि (अनेसास)ले विगत तिन हप्ता देखि जुम प्रविधि मार्फत समुदायलाई जोडदै आएको छ। “जुम चौतारी” नाम दिइएको उक्त कार्यक्रम हरेक सांझ ८:३० बजे संचालन गर्दै आएको छ।

प्रतेक दिन सांझ अनेसासबाट आयोजना हुदै आएको तनाव व्यवस्थापनको “जुम चौतारी” कार्यक्रममा हौसला प्रदान गर्न लोकप्रिय गायक राम कृष्ण ढकाल समेत जोडिनु भएको र उहाॅले सहभागीहरूलाई गीत मार्फत मनोरन्जन प्रदान गर्नु भएको महासचिव मुकुन्द कोइरालाले जानकारी दिनु भएको छ।

कोरोना भाइरसको महामारीका कारण हरेक घर परिवार कुनै न कुनै रूपमा तनावमा रहन वाध्य छ।आध्यात्मिक, साहित्यिक र मनोरन्जनका माध्यमले समाजले व्यहोर्दै आएको तनावपूर्ण अवस्थालाई न्यूनिकरण गर्न अनेसास, डिसी मेट्रो कमिटिले विगत तिन हप्ता देखि जुम प्रविधि मार्फत समुदायलाई जोडदै आएको आयोजक अनेसासका महासचिव कोइरालाले जानकारी दिनु भयो।

महासचिव कोइरालाका अनुशार प्रतेक दिन बेलुका ८:३० बजे “जुम चौतारी” मा पहिलो तीस मिनेट गुरू डा. रघु अर्यालले आध्यात्मिक प्रवचन प्रदान गर्दै आउनु भएको छ भने त्यसपछीको एक घन्टा साहित्यिक रचनाहरू – कविता, गजल, मुक्तक प्रस्तुत हुन्छन र अन्तमा एक घन्टा गीत संगीतबाट मनोरन्जन प्रदान गरिन्छ। कार्यक्रममा प्रतेक दिन तीस-चालिस जनाले सहभागिता जनाउदै आउनु भएको छ।

आध्यात्मिक प्रबचन लगायत साहित्यिक रचना तथा मनोरन्जनपूर्ण गीतहरूद्वारा समुदायलाई कोरोना महामारी र यसबाट उत्पन्न तनावबाट मुक्ति प्रदान गर्ने प्रयासमा सहभागिता जनाइ लाभ लिन अनेसासले अनुरोध गरेको छ। जुम चौतारीमा जोडिन लिंकमा क्लिक गर्न सकिने छ।

समय: बेलुका साढे ८ बजेदेखि १० बजेसम्म (न्युयोर्क समय)
आईडी: 7962162697
पासवर्ड: 069105

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com