कास्कीका ४९ वर्षीय गुरुङको बेलायतमा कोरोना संक्रमणबाट मृत्यु


प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार

कोरोनाभाइरस (कोभीड१९) को संक्रमणबाट बेलायतमा अर्का एक नेपालीको मृत्यु भएको छ । बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजयगुरुङको स्थानीय ‘रोयलबर्कशायर अस्पताल’माउपचारकै क्रममा गत आइतबार साँझ मृत्यु भएको हो ।

कास्की, यान्जाकोट पुर्ख्यौली भएका मृतक गुरुङ हङकङ हुँदै बेलायत आएका हुन् । बेलायतमा आफ्नो परिवारका साथ बस्दै आएका मृतक गुरुङका श्रीमती र एक छोरा छन् ।

पारिवारिक स्रोतका अनुसार ढाडको समस्याबाट पीडित रहेका गुरुंगको गत डिसेम्बरमा काठमान्डौस्थित ‘ग्राण्डी अस्पताल’ मा अप्रेसन गरिएको थियो ।

त्यसपछि केहिसमय आराम गरेर फेब्रुअरीको पहिलो साता उनी बेलायत एका थिए । ढाडको समस्या ठिक नभएकाले नियमित औषधिको सेवन गर्दै आएका गुरुङलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अप्रिल १३ मा अस्पताल भर्ना गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भेन्टिलेटरमा राखेर उपचार गरिएका गुरुङको दुई दिनपछि मृत्यु भएको थियो ।

दुई दिनपछि अस्पताललेपरिवारलाई उपलब्ध गराएको ‘रिपोर्ट’मा उनलाई निमोनिया र कोरोनाभाइरसको संक्रमण भएको उल्लेख गरिएको रेडिङ तमु समाजका अध्यक्ष गुरुङले जानकारी दिए।

मृतक गुरुङ रेडिंग तमु समाजका आजीवन सदस्य समेत रहेका थिए । बेलायतमा कोरोनाबाट मृत्यु हुने गैर आवासीय नेपालीहरुको संख्या १९ जना पुगिसकेको छ । मृत्यु हुनेहरुमा करिब एक दर्जन जति पूर्व गोर्खा सैनिकहरु रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com