भ्रष्टाचारविरुद्ध उत्कृष्ट कविता लेख्नेलाई एक हजार डलरको पुरस्कार


प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार

टेक्सास । अमेरिकामा रहेर नेपालको भ्रष्टाचार बिरुद्ध अभियान चलाउने हेम सरिता पाठक फाउण्डेसनले भ्रष्टाचारविरुद्ध विश्वव्यापी कविता प्रतियोगिता आह्वान गरेको छ । भ्रष्टाचारविरुद्ध उत्कृष्ट कविता, पत्रकारिता र गितहरुलाई पुरस्कार दिंदै आएको फाउण्डेसनले एक हजार डलर राशीको पुरस्कारसहित कविता प्रतियोगिता आयोजना गरेको हो ।

कविताको विषय सन्दर्भ भ्रष्टाचारविरूद्ध चेतना जगाउने खालको हुनुपर्ने फाउण्डेसनले जनाएको छ । बढीमा दुई सय शब्दका कवितालाई प्रतियोगितामा सामेल गरिने र जेठ ३० गतेसम्म कविताहरु इमेलबाट लिइने आयोजकले जनाएको छ । कबिता पठाउन ईमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ । बिजेताले काठमाण्डौ बिषेश कार्यक्रमकाबीच पुरस्कार प्राप्त गर्नेछन् ।

संरक्षक हेम पाठकका अनुसार पुरस्कारको निर्णयअघि उत्कृष्ट २५ कविताको सूची तयार गरिनेछ र प्रतियोगितामा समावेश उत्कृष्ट कविताहरुको संग्रह प्रकाशित समेत गरिने छ ।

अमेरिकाको टेक्सासमा बस्दै आएका हेम पाठक र सरिता पाठक दम्पत्तिले हरेक वर्ष प्रतिष्ठानबाट भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारलाई दुई लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गर्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फाउण्डेशनले काठमाण्डौ नजिकै रहेर पनि अति दुर्गममा पर्ने तांमाग बस्तीमा रहेको घुमारचौकमा माध्यमीक बिद्यालय सन्चालन गरेर असहाय बालबालिकाको अध्ययनमा सघाउँदै आएको छ भने त्यस वरपरका धेरै बस्तीहरुलाई स्वरोजगारका कार्यक्रम समेत सन्चालन गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com