अमेरिका : हिराशतमा रहेका बाहेक अन्य सबैका  अदालती सुनुवाई मे १५ सम्म स्थगित


प्रकाशित मिति : बैशाख ९, २०७७ मंगलबार

अमेरिकामा सबै अध्यागमन अदालतमा हिराशतमा रहेका बाहेक अन्य सबैका  हेयरिङ मे १५ सम्म स्थगित गरिएको छ ।  मे १५ सम्म हिराशतमा रहेका बाहेक अन्य सबैका सबै हेयरिङ स्थगित गरिएको डिपार्टमेन्ट अफ जस्टिस एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ ।

यसअगाडि मे १ सम्मका लागि स्थगित गरिएकोमा आज त्यसलाई बढाएर मे १५ बनाइएको हो । अमेरिकाका कैयन अध्यागमन अदालतहरु पूर्णरुपमा बन्द गरिएका छन् भने कतिपय आंशिक रुपमा खुल्ला रहेका छन् ।

कुन अदालत खुल्ला छन् कुन बन्द छन् थाहा पाउन यहाँ क्लिक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अदालती सुनुवाई स्थगित हुँदा त्यसको मार नेपालीहरुमा पनि परेको छ । अमेरिकी अध्यागमन अदालतमा नेपालीहरुका झण्डै ४ हजार केसहरु अनिर्णित अवस्थामा रहेका छन् । त्यसमध्येको कैयनको अदालती सुनुवाई मार्च, अप्रिल र मे महिनाका लागि तय भएका थिए ।

बर्षौ कुरेर अदालती सुनुवाईको मिति पाएकाहरुले अब अर्को मिति कहिले प्राप्त गर्ने हुन् भन्नेबारे केही टुंगो लागेको छैन । जसका कारण बर्षौ अमेरिकामा अदालतको फैसला कुरेर बसेका र छिट्टै परिवार भेट्ने आशामा रहेकाहरुको भविश्य थप अन्यौलग्रस्त भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com