ग्रिनकार्डबाहक ६ महिनामा अमेरिका फर्कन नसके नागरिकता आवेदन दिंदा के असर पर्छ ?


प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार

ग्रिनकार्डसहित नेपालमा भएको व्यक्ति कोरोना महामारीका कारण ६ महिनाभित्र फर्कन नसकेको खण्डमा पछि नागरिकताको लागि आवेदन दिंदा कुनै असर पर्छ कि ?

रमेश श्रेष्ठ  :

अमेरिकी नागरिकताका लागि आवेदन दिंदा आवासीय निरन्तरताको नियम लागु हुन्छ । जस अनुशार ग्रिनकार्डवाहक व्यक्ति अमेरिका छाडेको ६ महिनाभित्र अमेरिका भित्र प्रवेश गरेको हुनुपर्छ । ५ बर्षको अवधिमा ३० महिना अमेरिका बसेको हुनुपर्ने प्रावधान त अरु समयको जोडेपनि पुग्छ । तर एकपटककै बसाईमा ६ महिनाभित्र अमेरिकाबाहिर बसेको खण्डमा भौतिक रुपमा आवासीय निरन्तरता भंग हुन्छ ।

अहिले कोरोना भाइरसको महामारीका सन्दर्भमा अमेरिकी सरकारले यसमा कुनै नयाँ प्रावधानको घोषणा गरेको छैन । अहिलेको प्रावधान अनुशार ६ महिनाभन्दा बढी समय बाहिर बसेर अमेरिका आउने ग्रिनकार्डवाहकले भौतिक उपस्थीतिको नियमलाई भंग गरेको ठहर्छ । त्यसमा कुनै छुटको व्यवस्था छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि विदेशमा काम गर्ने अमेरिकी सरकारको कर्मचारी भएको खण्डमा, अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने व्यक्ति भएको खण्डमा, अमेरिकामा रहेको धार्मिक संस्थाको विदेशमा रहेको काममा गएको खण्डमा सुविधा पाउने प्रावधान युएससीआईएसमा छ । अमेरिकी सेनामा रहेका व्यक्तिका ग्रिनकार्डवाहक परिवार जागिरको कारणले ६ महिनाभित्र अमेरिका आउन नसकेका पनि छुट पाउन सक्छन् ।

६ महिनाभन्दा लामो समय अमेरिकाबाहिर बसेको व्यक्तिले छुटका लागि एन ४७० आवेदन भर्नुपर्छ । खासगरी एकबर्षका लागि वा त्यो भन्दा पनि लामोसमय अमेरिकाबाहिर बस्नुपरेको अवस्थामा र भविश्यमा अमेरिकी नागरिकताको लागि आवेदन दिने योजना भएकाले यो आवेदन दिनुपर्छ । यदि अमेरिकी नागरिकताका लागि अन्य योग्यता पूरा गरेको छ र अमेरिकाबाहिर निश्चित संस्थामा काम गर्ने अमेरिकी नागरिकसँग विवाह गरेको छ भने यो फर्म भर्नुनपर्ने हुनसक्छ । तर यो फर्म माथि उल्लेख गरिएकोजस्तो निश्चित रोजगारी उद्देश्यका लागिमात्र हो, सबै ग्रिनकार्डवाहकका लागि होइन । यो फर्म भर्दा ३५५ डलर तिर्नुपर्छ ।

रमेश श्रेष्ठ, कानुन व्यवसायी

यो फर्म भर्नका लागि को को योग्य हुनसक्छ यहाँ हेर्नुहोला ।

अन्य व्यक्ति डिभी लोटरी परेर आएका, रोगारमा आधारित ग्रिनकार्ड पाएका तथा नेपालमा घुम्न वा परिवार भेट्न गएकाहरुलाई यो सुविधा छैन । उहाँहरु अमेरिका आउने योजना गर्दागर्दै नेपालमा अड्किरहनुभएको छ भने र उहाँहरुको बसाईको ६ महिनाको अवधि पूरा हुँदैछ भने अहिलेसम्मका नियम अनुशार उहाँहरुलाई कुनै पनि प्रकारको सुविधा छैन ।

तर यो उहाँहरुको काबु बाहिरको अवस्थाका कारण भएकाले र आकस्मिक रुपमा भएकाले उहाँहरुले यथाशक्य अमेरिकी दूतावास वा कन्सुलेटमा सम्पर्क गरेर आफ्नो अवस्था बताउनुपर्छ । आफूहरु ६ महिनाभन्दा बढी बस्न नचाहेको तर आफ्नो काबु बाहिरको असाधारण अवस्थाका कारण बस्नुपरेको जानकारी गराएपछि उनीहरुलाई छुटको सुविधा हुनसक्छ । अमेरिकी दूतावास काठमाडौंले यसबारेमा कुनै सुचना वा जानकारी त गराएको छैन । तर असाधारण अवस्थाहुँदा त्यस्ता कैयन छुट र माफी दिन सकिने कुरा अमेरिकी कानुनमा सधै उल्लेख भएको हुन्छ ।

त्यसैले अमेरिकी दूतावासमा तत्कालै सम्पर्क गरेर आफ्नो अवस्थाबारे जानकारी दिनुपर्छ । यसो भएमा दूतावासले उपयुक्त सुझाव दिनसक्छ ।

(यो प्रश्नको जवाफ अमेरिकाका चर्चित कानुन व्यवसायी रमेश श्रेष्ठले दिनुभएको हो । तपाईको पनि अमेरिकी अध्यागमबारे कुनै प्रश्न छन् भने हामीलाई पठाउनुहोला । हामी जवाफ खोज्ने प्रयास गर्नेछौं ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com