नेकपाको फुट्मा कांग्रेसले ध्यान दिनुहुन्न : नेता शेखर कोइराला


प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार

नेपाली कांग्रेसका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले फुटको चरणमा रहेको नेकपासंग सरकारमा जानेगरी पार्टीले सहकार्य गर्न नहुने स्पष्ट पारेका छन् । विश्वभरका कांग्रेस कार्यकताहरुलाई भिडियो कल मार्फत सम्बोधन गर्दै नेता कोइरालाले, कांग्रेसले संगठन बलियो बनाउने र महाधिवेशन गर्ने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

सोमबार नेपालको समय अनुसार साँझ ७ बजे जनसम्पर्क समितिका पदाधिकारी, एनआरएनए नेताहरु तथा विश्वभर रहेका कांग्रेस कार्यकर्ताहरु सहभागि भिडियो मिटिङमा नेता कोइरालाले भने, मेरो यो व्यक्तिगत बिचार हो नेकपा फु्टने चरणमा छ, थाहा छैन प्रचण्ड जि या ओली जि कस्ले यो पार्टी लैजान्छ तर हाम्रो पार्टी सभापतिले सरकारमा जानेगरी वहाँहरुसंग सहकार्य गर्नु हुँदैन् । उनले पार्टीको ध्यान अहिले कोरोनाको महामारीलाई कसरी सामना गर्ने, आम जनताले भोगिरहेका समस्यालाई कसरी सहयोग गर्ने र महामारी पछि नेपालको बिकास कसरी गर्ने भन्ने तर्फनै ध्यान जानुपर्ने धारणा राखेका छन् ।

नेता कोइरालाले जनसम्पर्क समितिमा रहेका बिवादका बारेमा पार्टी सभातिलाई अवगत गराउन समेत आग्रह गरेका छन् । उनले भने, हामी कांग्रेसका कार्यकर्ताहरु बिधान र पार्टीलाई अहित हुनेगरी केही काम गर्नु हुँदैन्, तर पार्टी सुधारका बारेमा सभापतिलाई जीलाई भन्नुपर्दछ ।

जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदीले अहिले जनसम्पर्क समितिमा रहेका नेताहरु मार्फत दैनिकजसो नेपाली कांग्रेसका केन्द्रिय पदाधिकारीहरुले कुराकानी गरिरहेको जानकारी दिएका छन् । सुवेदीले कोरोनाले विश्वभर पारेको प्रभाव, नेपाली समुदायले भोगेका समस्या, नेपाल सरकारले पुरा गर्नुपर्ने दायित्वहरु, नेपाली समुदायका प्रतिनिधिहरुले गरिरहेका कामका साथै पार्टी सुधारका बिषयमा छलफल केन्द्रित हुने गरेको जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना महामारीका कारण घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेका विश्वभरका कांग्रेस कार्यकर्ताहरुलाई जागरुक गराउन तथा केन्द्रिय नेताहरुसंग जनसम्पर्क समितिका समस्या, वर्तमान अवस्थामा पार्टीको कम्जोर भूमिका, एनआरएनको चुनावमा पार्टीको तर्फबाट भएका गल्तीहरु, महामारीमा गर्न सकिने सहयोग लगायतका बिषयमा छलफल केन्द्रित हुने गरेको जनाइएको छ । जनसम्पर्क समिति अमेरिकाका नेता प्रमोद सिटौलाले कांग्रेसका प्रभावशाली नेता कोइराला मार्फत बिदेशमा रहेका कांग्रेसका नेताहरु यादव पण्डित, विष्णु सुवेदी, कुल आचार्य, हरिबोल भण्डारी, नेविसंघका पूर्व कोषाध्यक्ष विश्व आर्दश पण्डित, एनआरएनका कोषाध्यक्ष महेश श्रेष्ठ, सचिव गौरी जोशी, आरसी राजन त्रिपाठी, नारायण आचार्य, डिआरसी मनोज गोर्खाली, जनसम्पर्क समितिका नेताहरु सिता सापकोटा, रोशन केसी, सुदिर राना, जितेन्द्र शाह, महासमिति सदस्य चिन्तामणी सापकोटा, बिजय मोक्तान, नवराज सिवाकोटी, कञ्चन पोखरेल, राजेन्द्र जमरकटेल, कुल गुरुङ, बिमल सुवेदी, राजेन्द्र बिरही, सुवर्ण लामा, अनन्द सुवेदी, नेविसंघ अमेरिका सभापति प्रभात सापकोटा लगायतले पार्टी सुधारका साथै कोरोनाका कारण नेपाली समुदायले भोगेका समस्यका बारेमा अबगत गराएको जानकारी दिएका छन् ।

सोमबार भएको भिडियो मिटिङमा विश्वभरबाट एनआरएनएका कांग्रेस निकट पदाधिकारीहरु, कांग्रेसका महाधिवेशन प्रतिनिधिहरु, जसनम्पर्क समितिका अध्यक्ष तथा पदाधिकारीहरु तथा कांग्रेस निकटका नेताहरु सहभागि थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com