पढाई सकेर ६० दिनभित्र फर्कन नसकेका विद्यार्थीका लागि आइसको यस्तो सुझाव


प्रकाशित मिति : बैशाख ६, २०७७ शनिबार

अमेरिकामा पढाई सकेर ६० दिनको सहुलियत अवधिभित्र फर्कन नसकेका विद्यार्थीहरुका लागि आइसमा रहेको अन्यौल समाप्त भएको छ । आइसले उक्त अवस्थाको आकलन गर्दै स्टुडेण्ड एण्ड एक्सचेन्ज भिजिटर प्रोग्रामले केही विद्यार्थीहरु कोरोनाको महामारीबाट उत्पन्न संकटकालिन अवस्थाका कारण पढाई सकेर ६० दिनको अवधिमा फर्कन नसक्ने अवस्था पहिचान भएको जनाइको छ ।

यातायातको विकल्प नभएका कारण उनीहरु स्वदेश फर्कन नसकेको अवस्था आइसले स्वीकार गरेको छ । यो अवस्थामा विद्यार्थीहरुले तुरुन्तै डेजिग्नेटेड स्कुल अफिसियल डीएसओलाई सम्पर्क गर्नुपर्ने आइसले जनाएको छ ।

डीएसओले त्यसबारे विद्यार्थीहरुलाई उचित सल्लाह दिने आइसको भनाई छ । कोरोनाको महामारीका कारण फर्कन नसकेको अवस्थामा डीएसओले अनलाइन कक्षा लगायतका वैकल्पिक अध्ययन व्यवस्थाका उपायहरु खोज्ने आइसले जनाएको छ ।

डीएसओले कोरोनाको महामारीका कारण पढाई सकेर ६० दिनको सहुलियत अवधिमा अमेरिका छाड्न नसकेका विद्यार्थीको रेकर्डमा उक्त विद्यार्थीले कोरोनाका कारण अमेरिका छाड्न नसकेको सुचनामुलक सामाग्री अपडेट गर्नुपर्ने आइसको भनाई छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

अमेरिकामा पढाई र भिसा सकिएर फर्कन लागेका विद्यार्थीकाबारेमा के गर्ने भन्ने सन्दर्भमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टमै अन्यौल उत्पन्न भएको थियो । तर अब भने उक्त अन्यौल हटेको छ ।

यसअगाडि खसोखासले आइसकी प्रवक्ता क्यारिशा कट्रेलसँग कुरा गर्दा उनले यसबारेमा आईसले अहिलेसम्म यसबारे कुनै निर्णय नलिएको र त्यस्ता विद्यार्थीका लागि उपयुक्त समाधान ल्याइने बताएकी थिइन् ।

अमेरिकामा पढाई सकिएपछि विद्यार्थीहरुलाई फर्कनका लागि ६० दिनको अवधि दिइएको हुन्छ तर कोरोनाको महामारीका कारण उक्त अवधिमा फर्कन नसकेका विद्यार्थीहरु अन्यौलमा रहेका छन् ।समयमै फर्कन नसक्दा विद्यार्थीहरु अमेरिकामा गैरकानुनी उपस्थीति हुनसक्ने र भविश्यमा अमेरिका आउनमा प्रतिबन्ध समेत लाग्नसक्ने त्रासमा रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com