अमेरिकी भिसा पाउने नेपाली पत्रकार अहिलेसम्मकै बढी


प्रकाशित मिति : चैत्र २१, २०७३ सोमबार

अमेरिकाको भिसा पाउने नेपाली पत्रकारहरु अहिलेसम्मकै धेरै भएको अमेरिकी सरकारको युएस डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । सन् २०१६ मा अमेरिकी भिसा पाउने नेपाली पत्रकारहरुको संख्या गतबर्षको तुलनामा दोब्बर भन्दा धेरैले बढेको छ ।

सन् २०१५ मा ११ जना नेपाली पत्रकारहरुलेमात्र अमेरिकाको भिसा पाएकोमा सन् २०१६ मा २७ जना नेपाली पत्रकारहरुले अमेरिकाको आईभिसा प्राप्त गरे ।

सन् २०१४ मा अमेरिकाको आई भिसा प्राप्त गर्ने नेपाली पत्रकारहरु १६ जना रहेका थिए । आर्थिक बर्ष २०१३ मा जम्मा ६ जना नेपाली पत्रकारहरुले अमेरिकाको आईभिसा प्राप्त गरेका थिए । सन् २०१२ मा भने ११ जना पत्रकारहरुलेमात्र अमेरिकाको आईभिसा प्राप्त गरेका थिए । सन् २०११ मा जम्मा ३ जना नेपाली पत्रकारहरुले अमेरिकाको आई भिसा प्राप्त गरेका थिए । त्यस्तै सन् २०१० मा १० जना मात्र नेपाली पत्रकारहरुले अमेरिकाको आईभिसा प्राप्त गरेका थिए ।

भिडिया भिसाबारे जान्न र आवेदन दिन यहाँ क्लिक गर्नुहोला । 

सन् २००९ मा १० जना, सन् २००८ मा ५ जना, सन् २००७ मा ९ जना, सन् २००६ मा ३ जना, सन् २००५ मा ५ जना, सन् २००४ मा १० जना, सन् २००३ मा ४ जना, सन् २००२ मा २ जना, सन् २००१ मा २ जना र सन् २००० मा ३ जना नेपाली पत्रकारहरुले अमेरिकाको भिसा प्राप्त गरे ।

यो विवरणमा मिडिया सम्बन्धित आई भिसाको विवरणमात्र समावेश छ, पत्रकारले भिजिटर वा अन्य भिसामा अमेरिकाको भ्रमण गरेको विवरण यसमा समावेश छैन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com