न्युयोर्कको नेपालीको शव परिवारको स्वीकृति नआउँदै दाहसंस्कार गर्न खोजेपछि


प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार

कोरोना संक्रमणबाट ज्यान गुमाएका न्युयोर्कका एकजना नेपालीको शव शुक्रबार दाहसंस्कार गर्ने तय भएको थियो । तर परिवारको सहमति विना नै अरुले दाहसंस्कार गर्न लागेको भन्दै उक्त शवको दाहसंस्कार रोकिएको छ । उक्त शव दाहसंस्कारका लागि फ्युनेरल होममा समेत लगिसकिएको छ ।

जीवित श्रीमति हुँदाहुँदै उनको स्वीकृतिपत्र प्राप्त हुनु अगाडि नै दाहसंस्कार गर्न लागिएकाले उक्त दाहसंस्कार रोकिएको छ । किनभने न्युयोर्कको कानुन अनुशार कुनै पनि व्यक्तिको निधन भएमा उक्त व्यक्तिको दाहसंस्कारका लागि परिवारका सदस्यहरुको स्वीकृति हुन जरुरी छ । फ्युनेरल होमलाई त्यस्तो स्वीकृतिपत्रमा हस्ताक्षर गरेपछिमात्र मृतकको दाहसंस्कार गर्न पाइने नियम रहेको छ ।

यदि मृतकले मृत्यु हुनु अगाडि कसैको नाममा बैधानिक इच्छापत्र लेखेको छ भने र दाहसंस्कारको अनुमति दिएको छ भने दाहसंस्कारका लागि त्यही व्यक्तिको स्वीकृति आवश्यक छ । यदि बैधानिक इच्छापत्र छैन भने मृतकको श्रीमान् वा श्रीमतिबाट स्वीकृति आवश्यक हुन्छ ।

यदि श्रीमान् वा श्रीमति जीवित नभएको खण्डमा बयस्क छोराछोरीले स्वीकृति दिनुपर्ने हुन्छ । बयस्क छोराछोरी पनि जीवित नभएको खण्डमा बुबाआमामध्ये एकले स्वीकृति दिनुपर्ने हुन्छ । बुबाआमा पनि जीवित नभएको खण्डमा बयस्क दाजुभाईदिदीबहिनीहरुले स्वीकृति दिनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प’रिवारका हकवाला सदस्यले स्वीकृति प्रदान नगरिकनै अन्य कसैले शव जिम्मा लिएर दाहसंस्कार गरेमा त्यस्तो व्यक्तिलाई जेल र जरिवानाको सजाय समेत हुनसक्ने भएकाले परिवारका हकवाला सदस्यको स्वीकृति नलिइ दाहसंस्कारका लागि हतार गर्नुहुँदैन ।’ –  मेरिल्याण्ड राज्यको संसदमा प्रतिनिधित्व गर्ने सांसद ह्यारी भण्डारीले खसोखाससँग भने ।

न्युयोर्कको कानुन अनुशार मृतकको दम्पत्ति, छोराछोरी, बुबाआमा वा दाजुभाईदिदीबहिनीहरुलेमात्र मृतकको मृत्युदर्ता प्रमाणपत्र अर्डर गर्न सक्छन् । त्यस्तै उनीहरुको कानुनी प्रतिनिधिले पनि यस्तो प्रमाणपत्र अर्डर गर्नसक्छन् । यदि कोही व्यक्तिलाई कानुनी अधिकार वा दावी स्थापित गर्नुपरेमा पनि उसले मृत्यु दर्ता प्रमाणपत्र प्राप्त गर्नसक्छ ।

यदि परिवारका सदस्यको सहमति र स्वीकृतिविना कसैले व्यक्तिको शवदावी गरेर दाहसंस्कार गरेमा त्यस्तो व्यक्ति कानुनी सजायको भागिदार हुने भएकाले संकटको बेलामा कानुनी प्रकृया नविर्सन भण्डारीले सजग गराएका छन् । उनले भनेका छन् – ‘यदि अधिकार नभएको व्यक्तिले शव दावी गरेर दाहसंस्कार गरेमा भोलि मृतकका परिवारले आफ्नो स्वीकृति नभएको भन्दै उजुरी गरेमा अनाधिकृतरुपमा शव दावी गरेर दाहसंस्कार गर्ने व्यक्ति फस्न सक्छ ।’

यदि कसैले नक्कली कागजात बनाएर मृतकको शव दाहसंस्कार गरेमा पनि त्यस्तो व्यक्ति कानुनी सजायको भागिदार हुने प्रावधान रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com