विभिन्न देशमा रहेका २ सय बढी नेपालीमा कोराेना संक्रमण : परराष्ट्र मन्त्रालय


प्रकाशित मिति : बैशाख ४, २०७७ बिहीबार

परराष्ट्र मन्त्रालयले विभिन्न २० देशमा रहेका २ सयभन्दा बढी नेपाली नागरिकमा कोराेना भाइरसको संक्रमण भएको जनाएको छ।

सबैभन्दा धेरै अमेरिकरामा रहेका नेपालीमा ६० जनाभन्दा बढी कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी बेलायत र खाडी मुलुकमा धेरै नेपाली कोरोना प्रभावित रहेको बताइएको छ ।

कोरोना भाइरसको संक्रमणको कारण अमेरिका र बेलायतमा ६ ६ नेपालीको ज्यान गइसकेको तथ्याङ्क रहेको छ । त्यस्तै बेलायतमा ३५ जनामा कोरोना संक्रमण भएको जनाइएको छ । बहराइनमा २२ जना, यूएईमा ११ जना, कुवेतमा १२ जना, साउदी अरेबीयामा चार जना र मलेसियामा एक जनामा संक्रमण देखिएको बताइएको छ ।

त्यस्तै जापानमा दुई जना, अस्ट्रेलियामा आठ, पोर्चुगलमा १२, स्पेनमा कम्तीमा आठ जना र स्वीट्जरल्यण्डमा पाँच जनामा सङ्क्रमण देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रालयका अनुसार माल्दिभ्समा दुई जना, हङकङ, बेल्जीयम, इजरायल र न्यूजील्याण्डमा पनि एक–एक जना नेपालीलाई संक्रमण देखिएको छ । यता छिमेकी मुलुक भारतको मुम्बईमा अछामका आठ जना नेपालीमा सङ्क्रमण देखिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com