डिभी लोटरीको नतिजा मे ५ मै आउने


प्रकाशित मिति : बैशाख २, २०७७ मंगलबार

गत अक्टोबरमा अमेरिकाको डिभी लोटरी भरेकाहरुको नतिजा मे ५ देखि नै आउने भएको छ । कोरोना भाइरसको महामारीका बाबजुत पनि डिभी लोटरीको नतिजा तोकिएको समयमा नै आउने भएको हो ।

गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेकाहरुको नतिजा मे ५ मा आउने भएको हो । उनीहरुले आगामी अक्टोबर १ देखि अमेरिकाको भिसा पाउन सुरु गर्नेछन् ।

डिभी लोटरीको नजिता चेक गर्न यहाँ क्लिक गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चालु आर्थिक बर्षका लागि डिभी लोभरी भरेकाहरुले अहिले कोरोनाको महामारीका कारण भिसा पाउनमा समस्या भएको छ । विदेशमा रहेका कैयन अमेरिकी दूतावास र कन्सुलेटहरुले नियमित भिसा जारी गर्ने कार्य स्थगित गरेका छन् ।

कोरोनाको महामारी कम भएपछि विदेशमा रहेका अमेरिकी दूतावास र कन्सुलेटहरुले डिभी लोटरी विजेताहरुलाई भिसा जारी गर्न सुरु गर्ने अपेक्षा गरिएको छ । मे महिनाका लागि ११ हजार ७ सय सम्म केस नम्बर हुनेहरुको भिसा प्रकृया अगाडि बढाउने बताइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com