यस्तो रहेछ-अहिलेसम्म भएका १२ स्थानीय निर्वाचनको इतिहास !


प्रकाशित मिति : चैत्र १९, २०७३ शनिबार

आगामी बैशाख ३१ गतेका लागि सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन सम्बन्धी विभिन्न आँकलन र विश्लेषण भइरहेका पाईन्छ, यसै विषय अन्तरगत आजको नयाँ पत्रिकामा प्रकाशित रिपोर्ट :

राणाकालमै भएको थियो पहिलो निर्वाचन

नेपालमा निर्वाचनको इतिहासमा वि.स. २००४ सालको स्थानीय निर्वाचनबाट सुरु भएको थियो । काठमाडौं म्युनिसिपालिटीको नाममा २००४ जेठ ३ गते तत्कालीन राणा प्रधानमन्त्री पद्य्मशमशेरले निर्वाचन गराउका थिए । त्यसवेलाको पहिलो निर्वाचन समिति मै भाँडभैलो भएको थियो

२०१० मा पहिलोपटक महिलालाई मताधिकार

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि २०१० भदौ १७ गते काठमाडौं नगरपालिको निर्वाचन भएको थियो । यही निर्वाचनमा महिलाहरुले पहिलोपटक मतदान गर्ने अधिकार प्राप्त गरेका थिए । यो निर्वाचनमा पाँचवटा दलले सहभागिता जनाएका थिए भने स्वतन्त्र उम्मेदवारहरु पनि रहेको थिए ।

२०१४ सालमा सभापति कांग्रेस, उपसभापति कम्युनिस्ट

प्रत्येक ४ वर्षमा नगरपालिकाको निर्वाचन गर्ने व्यवस्थाअनुसार काठमाडौं नगरपालिकाको अर्को निर्वाचन २०१४ माघ ७ मा भएको थियो । निर्वाचनमा नगरपालिकाका १८ वडा सदस्यका लागि ४९ जनाले उम्मेदवारी दिएका थिए ।

निर्वाचनबाट नगरपालिका सभापतिमा कांग्रेसबाट प्रयागराजसिंह सुवाल र उपसभापतिमा नेपाल कम्युनिस्ट पार्टीका कृष्णलाल श्रेष्ठ चुनिएका थिए ।

०१८ को निर्वाचनमा हात उठाएर मतदान

१ पुस ०१७ मा तत्कालीन राजा महेन्द्रले पञ्चायती व्यवस्था सुरु गरेपछि ०१८ फागुन ७ गते गाउँ पञ्चायतको निर्वाचन गराएका थिए । गाउँसभाभित्रका वडाबाट छानिएका सदस्यबाट प्रधानपञ्च र उपप्रधानपञ्च छान्ने व्यवस्था थियो । गाउँसभालाई ९ वटा वडामा विभाजन गरिएको थियो । निर्वाचन गर्न ४ लाख रुपैयाँ खर्च भएको थियो ।

मतदातालाई मत दिने ठाउँको कोठामा लगेर ढोका बन्द गरी उम्मेदवारको नाम क्रमशः भन्दै हात उठाउनलगाइन्थ्यो । मत दिइसकेको मतदातालाई क्रमशः बाहिर पठाउँदै प्रत्येक उम्मेदवारको पक्षमा उठेको हातको गणनाका आधारमा विजयी घोषणा गरिन्थ्यो ।

०१९ मा अञ्चल पञ्चायतको पनि निर्वाचन

१० हजारभन्दा बढी जनसंख्या भएको नगरमा नगर पञ्चायतको स्थापना गर्न सक्ने व्यवस्थाअनुसार ०१९ मा नगर पञ्चायतको निर्वाचन गरिएको थियो । निर्वाचन आयोगले गराएको यो पहिलो निर्वाचनमा उम्मेदवारले ५० रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था थियो भने उम्मेदवारले चाहेको निर्वाचन चिह्न उपलब्ध गराउने व्यवस्था पनि थियो ।

सोही वर्ष जिल्ला पञ्चायतको निर्वाचन पनि भएको थियो । यो निर्वाचन गोप्य मतदानबाट सभापति,उपसभापति र ९ जना सदस्य गरी ११ जनाको कार्यकारिणी समितिको निर्वाचन भएको थियो । साथै, यसै वर्ष अञ्चल पञ्चायत निर्वाचन पनि भएको थियो । अञ्चलभित्रका जिल्ला पञ्चायतका सदस्यहरू स्वतः सदस्य बन्ने व्यवस्था थियो । सभापति, उपसभापति र ९ जना सदस्य हुने गरी अञ्चल पञ्चायत गठनको व्यवस्था थियो ।

०२० मा उम्मेदवारलाई निर्वाचन रङ

यसपालि निर्वाचन हुनु दुई दिनअघि उम्मेदवारलाई रङ रोजाइएको थियो । उम्मेदवारको रोजाइअनुसार गोप्य कोठामा थरीथरीका मतपेटिका राखिएको थियो । मतदाताहरू भित्र गएर आफूले रोजेको उम्मेदवारको रङको बाक्सामा मत खसाल्थे । जसको बाक्सामा धेरै मत हुन्थे उही उम्मेदवार विजयी घोषित हुने व्यवस्था थियो ।

स्थानीय निर्वाचन २०३२

०३२ मा गाउँ, नगर र जिल्ला पञ्चायतको छुट्टाछुट्टै निर्वाचन भएका थिए । यसपालि अप्रत्यक्ष निर्वाचन पद्धति अपनाई जनप्रतिधि छनोट गर्ने व्यवस्था गरिएको थियो । गाउँ पञ्चायतको निर्वाचनमा उम्मेदवार हुनका लागि गाउँ फर्क राष्ट्रिय अभियानबाट अनुमोदन हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको थियो ।

प्रत्येक वडाबाट पाँचजना सदस्यको निर्वाचन गरी गाउँसभाका सबै सदस्यमध्येबाट छानिएका नौजना सदस्य वडा समितिको अध्यक्ष हुने व्यवस्था थियो । गाउँ, नगर र जिल्लाका प्रधानपञ्च र उपप्रधानपञ्चले भने खसेको मतको ५० प्रतिशत मतल्याउनुपर्ने व्यवस्था थियो ।

स्थानीय निर्वाचन २०३९

नेपालभर रहेका ४ हजार २२ गाउँ र २९ नगर पञ्चायतसहित जिल्ला पञ्चायतको निर्वाचन भएको थियो । निर्वाचन आयोगले वैशाख २८ र ३१ तथा जेठ ३ र ४ गते निर्वाचन गरेको थियो । प्रत्येक गाउँबाट ४७ जनाका दरले १ लाख ८९ हजार ३४ जना र २९ नगरबाट २ हजार ५ सय प्रतिनिधि छानिने व्यवस्था थियो । यो निर्वाचनमा मन्त्रिपरिषद् सदस्यलाई प्रचारप्रसारमा सरकारी गाडी प्रयोगमा रोक लगाएको थियो ।

निर्वाचनका लागि ४० हजार २२० कर्मचारी गाउँ पञ्चायतमा र २ हजार ९ सय कर्मचारी नगरमा खटिएका थिए । जिल्ला पञ्चायतको निर्वाचनमा सभापतिका लागि दुईजना र उपसभापतिका लागि १२ जना महिलाप्रतिस्पर्धामा थिए । साथै सदस्यका लागि १२ जनाले उम्मेदवारी दिएका थिए । सभापतिमा एकजना र सदस्यमा ६ जना महिला निर्वाचित भएका थिए ।

स्थानीय निर्वाचन २०४३

चैत ७ र १० गते गाउँ र नगर पञ्चायतको निर्वाचन भएको थियो । गाउँ र नगरको निर्वाचनमा १ लाख ९१ हजार ६२ जना जनप्रतिनिधि छानिनुपर्ने थियो । त्यतिवेला ४ हजार १५ वटा गाउँ पञ्चायत र ३३ वटा नगर पञ्चायत थिए ।

उम्मेदवारलाई निर्वाचन खर्चको सीमा तोकिएको थियो । गाउँसभा र गाउँ पञ्चायत सदस्यलाई १५ सय, नगरसभा र नगर पञ्चायत सदस्यलाई ५ हजार, गाउँ पञ्चायत प्रधानपञ्च र उपप्रधानपञ्चलाई ५ हजार, नगर पञ्चायत प्रधानपञ्च र उपप्रधानपञ्चलाई १५ हजार रुपैयाँ सीमा तोकिएको थियो ।

स्थानीय निर्वाचन २०४९

०४६ को आन्दोलनपछि ४ हजार १५ गाउँ पञ्चायतलाई परिवर्तन गरी ३ हजार ९ सय ९५ गाउँ विकास समिति बनाइएको थियो । ३३ नगरलाई नगरपालिका कायम गरिएको थियो ।

१ करोड २० लाख मतदाता थिए भने कांग्रेसले ६० जिल्ला र एमालेले ८ वटा जिल्लामा सभापति जितेका थिए । राप्रपाले ३ र संयुक्त जनमोर्चाले २ वटा जिल्लामा सभापति जितेका थिए ।

स्थानीय निर्वाचन २०५४

०५४ वैशाख २० र जेठ ४ मा ३ हजार ९ सय १३ गाविस र ५८ नगरपालिकाको निर्वाचन भएको थियो । त्यतिवेला १ करोड २५ लाख ३८ हजार २ सय ७३ जना मतदाता थिए ।

निर्वाचनबाट गाविस र नगरपालिकामा पौन दुई लाख जनप्रतिनिधि निर्वाचित भएका थिए । निर्वाचनमा एमालेले ४१ वटा नगरपालिकामा प्रमुख जितेको थियो भने कांग्रेसले ६ वटा र राप्रपाले ३ वटामा प्रमुख जितेको थियो । त्यतिवेला स्वतन्त्र भने ५ जना निर्वाचित भएका थिए ।

नगरपालिका निर्वाचन २०६२

तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन हातमा लिएपछि ०६२ मा स्थानीय निकायको निर्वाचन गर्न सुरुमा नगरपालिकाको निर्वाचन गरेका थिए । प्रमुख राजनीतिक दलहरूले बहिष्कार गरेको निर्वाचनमा २२ दल सहभागी थिए ।

५८ मध्ये २२ वटा नगरपालिकामा निर्विरोध निर्वाचन भएको थियो । ३६ वटा नगरपालिकामा भने मतदान भएको थियो । त्यतिवेला ५८ वटा नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी ४ हजार १ सय ४६ पदका लागि निर्वाचन भएको थियो । तर, राजनीतिक परिवर्तनसँगै सो निर्वाचनले कुनै संवैधानिक मान्यता पाएन ।  नयाँ पत्रिका दैनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com