‘अमेरिकी चुनावमा हिलारीबिरुद्ध भाडाका हजार रुसी ट्रोलको प्रयोग’


प्रकाशित मिति : चैत्र १९, २०७३ शनिबार

अमेरिकामा चुनावी अभियानको बेलामा रकम तिरिएका एकहजार रसियन ट्रोलहरुले हिलारी क्लिन्टनबिरुद्ध नक्कली समाचारहरु फैलाएको अमेरिकी सिनेटका खुफिया प्रमुखले बताएका छन् ।

रसियाले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई नोक्सान पुग्नेगरी गलत समाचार फैलाउन कम्तीमा १ हजार ट्रोलहरु रकम तिरेर भाडामा लिएको रिपोर्ट अमेरिकी सिनेटको खुफिया समितिका नेताहरुले प्राप्त गरेका छन् ।

सिनेटर मार्क वार्नरले रसियाबाट रकम तिरिएका एकहजार ट्रोलहरुबारे आफूहरुको गम्भिर चासो रहेको बताएका छन् । विसकन्सिन, मिसिगन र पेन्सिलभेनिया जस्ता स्विंग राज्यहरुमा प्रभाव पार्ने तरिकाले त्यस्ता रकम तिरिएका ट्रोलहरु लक्ष्यित गरिएको वार्नरले जनाएका छन् । त्यस्ता ट्रोलहरुले क्लिन्टन बिरामी भएको, क्लिन्टनले रकम लिएको जस्ता नक्कली समाचारहरु फैलाएका थिए ।

पूर्व एफबीआई एजेण्ट क्लिन्ट वाट्सले रसियाले अमेरिकी चुनावलाई प्रभावित पार्नका लागि विभिन्न प्रयासहरु गरेको बयान दिएका छन् । रिपब्लिकनभित्रै ट्रम्पका प्रतिस्पर्धी मार्को रुबियोलाई पनि रसियाले विशेष निशाना बनाएको उनले बताएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने अमेरिकी आरोपहरु अस्वीकार गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com