अमेरिका लगायत विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्दै नेका


प्रकाशित मिति : चैत्र २६, २०७६ बुधबार

राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले अमेरिका लगायत अष्ट्रेलिया, क्यानडा र विभिन्न युरोपियन देशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सहयोगका लागि काम गरिरहेको जनाएको छ । संक्रमित बढिरहेका देशहरुमा समस्यामा परेका नेपाली विधार्थीहरुको डाटा संकलन गर्ने कार्य जारी राखेको संघका अध्यक्ष सन्तोश प्याकुरेलले जारी गरेको वयक्तब्यमा उल्लेख छ ।

समस्याको पहिचान गरेर विधार्थीहरुको स्वास्थ, सुरक्षा तथा आधारभुत आवश्यकताको प्रत्याभुतीको लागि नेपाल सरकार शिक्षा मन्त्रालय, विदेशमा रहेका दुतावासहरु, अन्तराष्ट्रिय गैरसरकारीसस्था, नेपाली परामर्श संघहरु, सम्बन्धित विदेशी नियोगहरुमा बारम्बार रुपमा सुचनाको आदान प्रदान तथा छलफल गर्दै समस्याको समाधान तर्फ अगाडी बढिरहेको संघले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले नेपालबाट अभिभावकले विदेशमा रहेका आफ्ना विधार्थीहरुलाई बढीमा ५ सय अमेरिकी डलर पठाउने ब्यवस्था गरेकोमा उक्त रकम विधार्थीहरुलाई अपूग हुने हुनाले माहामारी अन्त्य नभए सम्मकोलागि उक्त रकम बढाउन शिक्षा मन्त्रालय सँग बारम्वार छलफल गरी अनुरोध गरिएको संघले जनाएको छ ।

कोरोनाको महामारीले विश्वको अर्थतन्त्रमा गहिरो संकट आएको र धेरै देशहरुमा लक डाउनको अवस्था आएका कारण विदेश स्थित नेपाली विधार्थीहरुमा समस्या परेको उल्लेख गर्दै समस्याको समाधान को लागि संघले तत्काल समस्याको समाधानको बाटो पहिल्याउन एक्सन टिम गठन गरेको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संघले अस्ट्रेलिया अध्ययनका लागि फेब्रुअरी र मार्च २०२० को सत्रमा गएका र जान बांकी विधार्थीहरुको अध्ययनमा कोभिड १९ को महामारीले अनेकन समस्याहरु देखिएको हुंदा सो सत्रलाई अनलाइन गर्नुभन्दा हाललाइ स्थगित गरि अनुकुल समयमा सुचारु गर्न कलेज तथा विश्वविद्यालयलाई आह्वान तथा अनुरोध समेत गरेको छ ।

अप्रिल २०२० सत्रमा जापान अध्ययनका लागि जाने विधार्थीहरुको सिओइ लिएर अन्तर्वाता कुरेर बसेका तथा भिसा लिएर पनि अध्ययनमा अनिश्चितता देखिएको हुंदा जापानका भाषा स्कुल र कलेज र विश्वविद्यालयहरुलाइ अप्रिल सत्रलाई ढिलो अथवा अनुकुल समयमा शुरु गर्न पनि अनुरोध गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com