काम गुमेपनि राज्यबाट पाउने बेरोजगारी विमाका लागि योग्य हुनुभएन ? नआत्तिकन यसो गर्नुहोस्


प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार

यदि तपाईले कोरोनाको महामारीका कारण काम गुमाउनुभएको छ भने संघीय सरकारबाट पाउने हप्ताको ६ सयसहित वेरोजगारी रकम प्राप्त गर्नुहुनेछ । तर तपाई त्यो रकम कसरी प्राप्त गर्ने भन्नेबारेमा अन्यौलग्रस्त हुनुहुन्छ भने तपाई ठीक ठाउँमा आउनुभएको छ ।

हामीले तपाईका केही परिदृश्यसहित तपाईले चाल्नुपर्ने कदमबारे जानकारी दिदैछौं । तपाईले उक्त रकम चाल्नुपर्ने कदम तपाईको अवस्थाका आधारमा भरपर्छ ।

पहिलो, यदि तपाईको पहिलेदेखि नै बेरोजगारी बिमाबाट रकम पाउन स्वीकृत भइसक्नुभएको छ भने तपाईले केही पनि गर्नुपर्दैन । तपाईले राज्यबाट प्राप्त बेरोजगारीविमाका साथसाथै अप्रिल ५ पछि जुलाई ३१ सम्म हरेक हप्ता थप ६ सय डलर प्राप्त गर्नुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाईले कोरोनाको महामारीका कारण भर्खरै काम गुमाउनुभएको हो र तपाई नियमित वेरोजगारी विमाबाट पाउने रकमका लागि योग्य हुनुहुन्छ भने अनलाइनमा गएर आवेदन दिन सक्नुहुनेछ । आवेदन दिएपछि तपाई योग्य हुनुभयो भने तपाईले वेरोजगारीविमाबाट पाउने रकम प्राप्त गर्नुहुनेछ । साथसाथै अप्रिल ५ पछि जुलाई ३१ सम्म हरेक हप्ता थप ६ सय डलर प्राप्त गर्नुहुनेछ ।

न्युयोर्कमा बेरोजगारी विमा फाइल गर्नका लागि यो वेवसाइटमा जानुहोस् ।

तर तपाई सेल्फ इम्प्लोयड हुनुहुन्छ वा पार्ट टाइम कामदार हुनुहुन्छ र परम्परागतरुपमा राज्यबाट पाउने वेरोजगारी विमा आवेदनका लागि योग्य हुनुहुन्न भनेपनि तपाईले राज्यकै वेवसाइटमा गएर अन्य सरह वेरोजगारी विमाका लागि आवेदन दिनुपर्छ । यदि तपाईको आवेदन स्वीकृत भयो भने तपाईले केही गर्नुपर्दैन । वेरोजगारी विमाबाट आउने रकमका साथसाथै हप्ताको ६ सय पनि पाउनुहुनेछ ।

तर यदि तपाईको आवेदन अस्वीकृत भयो भने पनि चिन्ता नगर्नुहोस् । तपाईले पेन्डेमिक अनइम्प्लोयमेन्ट एसिस्टेन्ट पीयुएका लागि आवेदन दिनसक्नुहुनेछ । त्यसका लागि योग्य भइसकेपछि तपाईले हरेक हप्ता पेन्डेमिक अनइम्प्लोयमेन्ट एसिस्टेन्टबाट रकम पाउनुहुनेछ । र, साथसाथै संघीय सरकारले दिने हप्ताको ६ सय पनि पाउनुहुनेछ ।

यदि तपाई राज्यबाट प्राप्त हुने परम्परागत बेरोजगारी विमा फाइल गर्नका लागि योग्य हुनुभएन वा तपाईको आवेदन अस्वीकृत भयो भने यो वेवसाइटमा जानुहोला ।

माथि उल्लेखित वेवसाइटमा गएर योग्यता चेक गर्नुभयो ? अब यहाँ क्लिक गरेर आवेदन दिनुहोस् ।

तपाईले एकाउन्ट ‘लग इन’ गरेपछि वेरोजगारी विमाका लागि आवेदन दिनुहोला । त्यसपछि तपाईले अनलाइन फर्म सेक्सनमा गएर ‘गो टु माइ अनलाइन फर्म’ मा क्लिक गर्नुहोला । त्यसपछि तपाईले ‘पीयुए एप्लीकेशन’ लेखेको सेक्सन भेटाउनुहुनेछ । त्यहाँ क्लिक गर्नुहोला । तपाईले त्यहाँ ‘पीयुए आवेदन’ दिनसक्नुहुनेछ । तर तपाई नियमित वेरोजगारी विमाका लागि योग्य भएमा नियमित वेरोजगारी विमाबाटै रकम पाउनुहुनेछ । त्यसका लागि अयोग्य भएमा पीयुएबाट रकम पाउनुहुनेछ । त्यसका अतिरिक्त साताको ६ सय पनि पाउनुहुनेछ ।

यदि तपाईले कोरोनाको महामारीसुरु नहुँदै नै लिइरहेको बेरोजगारी विमाको जुलाई ३१ अगाडि नै ३९ हप्ता (न्युयोर्कको सन्दर्भमा) पुग्दैछ भने पनि नआत्तिनुहोस् । तपाईले राज्यकै बेरोजगारी विमा रकम दावी गर्ने वेवसाइटमा रहेको आफ्नो अनलाइन एकाउन्टमा गएर आवेदन दिन सक्नुहुनेछ । तपाईले थप १३ हप्ताका लागि बेरोजगारी विमाबाट रकम पाउनुहुनेछ साथसाथै संघीय सरकारले दिने हप्ताको ६ सय पनि जुलाई ३१ सम्म पाउनुहुनेछ ।

सेल्फ इम्प्लोयडले कसरी फाइल गर्ने यहाँ हेर्नुहोस् हरेक स्टेप

यदि तपाईलाई आवेदन पेश गर्ने बेलामा फोन गर्न सुझाव दिइएको छैन भने फोन नगर्नुहोला । किनभने धेरैले फोन गरिरहेका कारण फोनलाइन निकै व्यस्त रहेको छ । याद गर्नुहोस्, तपाईले बेरोजगारी विमाका लागि फाइल गरिसकेपछि हरेक हप्ता अनलाइन एकाउन्टमा गएर आफू यो हप्तापनि वेरोजगार रहेको कुरा प्रमाणित गर्नुपर्छ ।

यदि तपाई आफ्नो राज्यबाट कसरी फाइल गर्ने भन्नेबारेमा अन्यौलमा हुनुहुन्छ भने यो वेवसाइटमा क्लिक गरेर आफ्नो राज्य छनौट गर्नुहोस् । तपाईले थप विवरणहरु प्राप्त गर्नुहुनेछ ।

श्रोत : डिपार्टमेन्ट अफ लेबर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com