सेल्फ इम्प्लोयडले न्युयोर्कमा यसरी आवेदन दिनुहोस् वेरोजगारी सुविधा


प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार

यदि तपाई सेल्फ इम्प्लोयड हुनुहुन्छ भने पनि कोरोनाको महामारीबाट तपाई प्रभावित भएको खण्डमा तपाईले वेरोजगारी इन्सुरेन्सका लागि फाइल गर्न सक्नुहुनेछ । तपाईले पनि राज्यबाट प्राप्त हुने सुविधा र संघीय रुपमा प्राप्त हुने साप्ताहिक ६ सय डलरको सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

त्यसका लागि तपाईले फर्म भर्दा केही सावधानीहरु अपनाउन न्युयोर्क राज्यको डिपार्टमेन्ट अफ लेवरले सुझाव दिएको छ । विशषेगरी फर्ममा रहेका ७ वटाप्रश्नबारे तपाईले दिने जवाफ अरुको भन्दा फरक हुनेछ ।

विगत १८ महिनामा तपाईले कतिजना रोजगारदातासँग काम गर्नुभयो भन्ने प्रश्नको जवाफमा एकजना रोजगारदाता छनौट गर्नुहोला ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै प्रश्न नम्बर ५ मा सोधिएको पार्ट टाइम वर्क, अनकल वर्कबाहेक तपाईको कुनै तपाईसँग थप आम्दानीको अरु विजनेश छ भन्ने प्रश्नमा तपाईले छैनमा टिक लगाउनुहोला ।

सबैभन्दा पछिल्लो रोजगारदाताको सेक्सनमा तपाईले रोजगारदाताको संघीय ईआईएन नम्बरमा खाली ठाउँ छाड्नुहोला । त्यस्तै रोजगारदाताको न्युयार्क स्टेट ईआर नम्बरमा पनि खाली ठाउँ छाड्नुहोला ।

पछिल्लो रोजगारदाताबारेको विवरणको दोश्रो भागमा अन्तिम रोजगारदाताको नाममा खालीठाउँ छाड्नुहोला । रोजगारदाताको ठेगानामा आफ्नो निवासको ठेगाना राख्नुहोला । रोजगारदाताको फोन नम्बरमा आफ्नै फोन नम्बर राख्नुहोला ।

यदि तपाईले यहाँ भनिएजसरी फर्म भर्नुभएको थिएन वा यदि तपाईले यो विवरणहरु राखेर फाइल गर्दा पनि कुनै समस्या आएमा डिपार्टमेन्ट अफ लेबरको फोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

यो सुविधाका लागि आवेदन दिन यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com