कोरोनाको महामारीपछि न्युयोर्कका पण्डित शास्त्रीबाट अनलाइनबाटै अत्यावश्यक पूजापाठ


प्रकाशित मिति : चैत्र २४, २०७६ सोमबार

कोरोना भाइरसको महामारीपछि न्युयोर्कमा हिन्दु पण्डितहरुले अनलाइनबाटै पूजापाठ गराउन सुरु गरेका छन् । न्युयोर्कको रिजउडमा बस्दै आएका चर्चित नेपाली पण्डित उद्धव शास्त्रीले मार्च २० देखि यता ७ जनाको पूजापाठ गराइसकेको जानकारी दिएका छन् ।

उनले फोन र भिडियो च्याटमार्फत धार्मिक पूजापाठहरु गराइएको बताएका छन् । अनलाइनबाट न्वारन, काजकृया र ६ महिनाको जलदान लगायतका धार्मिक कृयाकलाप गराएको उनले बताए । उनले भने – ‘हामीले अहिले जन्म, मृत्यु लगायतका अत्यावश्यक पूजापाठहरु गराएका छौं । तर अहिले नै अत्यावश्यक नभएका अन्य पूजापाठहरु भने अहिले नगर्न सुझाव दिएका छौं ।’

कोरोनाको महामारीका कारण भेटघाट गर्ने स्थीति नभएका कारण अनलाइनबाटै अत्यावश्यक पूजापाठहरु गराइएको हो । पिपलको पात नभएको अवस्थामा घरमै रहेको मनी प्लान्टको पातमा समेत नाम लेखेर न्वारन गराएको उनले बताए ।

एकजनाको १३ दिनको कागजकृया पनि अनलाइनमार्फत गराएको शास्त्रीले बताए । गहुँत र जौंतील समेत उबरबाट पठाएको पठाएको र घरमा कन्या भएमा गहुँत छर्किन सकिने उनले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com