न्युयोर्कमा १५ दिनको अन्तरालमा ४ नेपालीको निधन, रहेनन् अजयमान छोंचुँ


प्रकाशित मिति : चैत्र २२, २०७६ शनिबार

न्युयोर्क निवासी अजयमान छोंचुँको आज उपचारका क्रममा निधन भएको छ । छोंचुँको एल्महस्र्ट अस्पतालमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।

केहीदिनदेखि बिरामी अवस्थामा रहेका उनको अवस्था गम्भिर भएको थियो । आज उपचारकै क्रममा निधन भएको नेवा नख न्युयोर्कका अध्यक्ष बिष्णुमान प्रधानले जानकारी दिए ।

नेवा नख न्युयोर्कले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधन हृदयघातबाट भएको जनाएको छ । छोंचुँको निधनप्रति दुख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदनमा व्यक्त गरिएको छ ।

केहीदिन अगाडि अर्जेन्ट केयरमा गएर चेकजाँच गर्दा ब्याक्टेरियल निमोनिया देखिएकोमा अर्जेन्ट केयरले अस्पतालमा जान सुझाव दिएको थियो । त्यसपछि छोंचुँलाई एल्महस्र्ट अस्पतालमा भर्ना गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्पतालले एकदुईदिनमा नै डिस्चार्ज गर्ने बताएको थियो । तर अचानक हृदयघात भएका कारण आज दिउसो ४ बजेतिर अस्पतालमा नै निधन भएको जनाइएको छ ।
झण्डै दुईसाता अगाडि परीक्षण गर्दा छोंचुँ र उनकी श्रीमतिमा कोरोना नेगेटिभ देखिएको थियो ।

अस्पतालले फयुनेरल होम बुक गरेर जानकारी दिन भनेको छ । फ्युनरल होम बुक गरिसकेपछि फ्युनेलर होमले नै अस्पतालबाट शव लगेर दाहसंस्कार गर्ने भएकाले दाहसंस्कारमा परिवारका सदस्यहरु उपस्थीत हुने नहुनेमा अन्यौल उत्पन्न भएको छ ।

छोँचुँ न्युयोर्कको क्वीन्स ग्रयाण्ड एभिन्युमा श्रीमतिसँगै बस्दै आएका थिए । उनका छोराबुहारी पनि न्युयोर्कमा नै बस्दै आएका छन् ।

न्युयोर्कमा १५ दिनको अन्तरालमा ४ जना नेपालीको निधन भइसकेको छ । गत मार्च २४ मा अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० बर्षिय अनिल लिम्बुको मृत्यु भएको थियो ।

आजमात्रै न्युयोर्कमा बस्दै आएका मुस्ताङका दुईजना नेपालीको निधन भएको खबर सार्वजनिक भएको थियो ।

झण्डै २० बर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको  सन्नीसाइडमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो ।  बिष्ट अपर मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ ।

विष्टको हिजो विहान ९ बजे घरमै निधन भएको र बेलुका ६ बजेतिर  प्रहरी र मेडिकल टिम आएर शव लगेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

मुस्तांग किदुगको पूर्व अध्यक्ष नोर्बु बिष्टका अनुशार सुरुमा टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि बिष्ट सीटीएमडीमा उपचारका लागि गएका थिए । त्यसपछि उनलाई घरमै आराम गरेर बस्न भनिएको थियो । कहिले राम्रो हुने कहिले स्थीति एकदम नराम्रो हुने गरेकोमा अस्ती बेलुका खाना समेत खान नसकेको जनाइएको छ ।

सीटीएमडीले घरमै बस्न भनेपछि बिष्ट माउन्ट साइनाई अस्पतालमा समेत गएका थिए । अस्पतालले एक्सरे गरेपछि फोक्सोमा समस्या रहेको बताएको थियो । तर अस्पतालले भर्ना लिन नमानी घरमै आराम गर्न भनेको र केहीदिनमा रिपोर्ट दिने बताएको थियो । रिपोर्ट नआउँदै बिष्टको निधन भएको छ । बिष्ट मुस्ताङका राजाका समेत नजिकका आफन्त हुन् ।

बिष्ट ४८ बर्षका  थिए । बिष्टका दुईवटा छोरा र श्रीमति काठमाडौंमा बस्दै आएका छन् । बिष्ट २० बर्षदेखि अमेरिकामा बस्दै आएका थिए भने र अमेरिका आएदेखि नै कागजपत्र नभएका नेपाल फर्कन सकेका थिएनन् । छेपक दोर्जे गुरुङले भने – ‘कागजपत्र नभएका कारण सधैका लागि नेपाल जाने बताउँदै थिए । दुईसाता अगाडिमात्र मेरो भेटघाट भएको थियो । परिवारलाई भेट्नै नपाई बिते ।’

बिष्टको मृत्यु कोरोनाले भएको हो वा अन्य कारणले भन्ने थप रिपोर्ट आउन बाँकी छ । केहीदिनपछिमात्र शव समुदायले दाहसंस्कार गर्ने वा अस्पतालले गर्नेभन्नेबारे टुंगो लाग्ने राजकुमार बिष्टले जनाएका छन् । उनले यो घडीमा संयम रहन सबैलाई अनुरोध गरेका छन् ।

यसैबीच मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामाको पनि  मृत्यु भएको नुप्री एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिनुभयो ।

सोनाम अन्दाजी ४० बर्षका रहेका थिए भने उनको मृत्यु बस्दै आएको कोठाभित्रै भएको जनाइएको छ । जमैकामा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी रहेको बताइएको छ ।

केशवराम राईका अनुशार फोन सम्पर्क गर्दा सम्पर्क नभएपछि उनी बसेको स्थानमा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए । काम गर्ने स्थानको साहुले फोन गर्दा नउठाएपछि घरमा गएर हेर्दा मृत अवस्थामा भेटिएका थिए ।

उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ ।

झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ । उनको शव प्रहरीले लगेर गएको र उनका कुनै आफन्तहरु अमेरिकामा नभएका कारण त्यसपछि अवस्था अज्ञात रहेको छ ।

केहीदिन अगाडिमात्र न्युयोर्कको एल्महस्र्ट अस्पतालमा कोरोना संक्रमणका कारण अनिल लिम्बुको मृत्यु भएको थियो । ५० बर्षका लिम्बुको आफन्तको उपस्थीतिविनै दाहसंस्कार गरिएको थियो ।

यो समाचार थप विवरणहरु सहित अपडेट गरिएको छ ।- सम्पादक 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com