चुनाव चिन्हबिना कुनै हालतमा चुनाव हुन दिन्नौं:बाबुराम भट्टराई


प्रकाशित मिति : चैत्र १७, २०७३ बिहीबार

नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले दलीय चुनाव चिन्ह नपाए चुनाव हुन नदिने चेतावनी दिएका छन् ।

पार्टीको केन्द्रीय परिषद बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भट्टराइले संसदमा भएका दलहरुलाई मात्र दलीय चुनावचिन्हका आधचारमा चुनावमा भाग लिन नदिने निर्णय कुनै हालतमा मान्य नहुने बताए ।
चुनाव चिन्हबिना कुनै हालतमा चुनाव हुन दिन्नौं भन्दै चुनावको वातारवरण बनाउन अघि सारेको ७ बुँदे माग पूरा गराउन आजबाटै् दबाद दिने बताए ।

स्थानीय तह निर्वाचन सम्बन्धी ऐनमा राष्ट्रिय दलले मात्रै दलीय आधारमा चुनाव लड्न पाउने र अन्य दलले स्वतन्त्र हैसियदमात्रै पाउने उल्लेख छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com