कोरोना एक युद्ध : जीत वा हारका लागि तयार होऔं


प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार

– राधाकृष्ण देउजा

कोरोना भाइरसको प्रकोप प्रारम्भ भएको दिन देखि आजसम्म आइपुग्दा एउटा दुखद तर अकाट्य सत्य स्थापित भएको छ त्यो के भने अहिले सम्पूर्ण मानव जातीनै कोरोनासंगको लडाईमा छ र यो युद्धमा नजानिकनै होमिन पुग्नेहरु जोसुकैले पनि जित्ने र वा जोसुकैले पनि हार्ने सम्भावना रहन्छ । हो , कोरोनासंगको युद्ध हार्नेहरु भन्दा जित्ने धेरै पाइएको छ तर पनि त्यो हार्नेहरुको संख्यामा को पर्छ त्यो कसैले भन्न सक्दैन ।

हो , तुलनात्मक रुपमा कोरोनासंगको युद्धमा हार्नेहरुको संख्यामा युवाहरु कम र वृद्धहरु ज्यादा छन तर युवा हुँदै नभएको हैन , भर्खरका स्वस्थ वालक पनि कोरोनासंगको युद्धमा हारेका उधाहरण छन । मृत्यु आफैंमा दुखद हो , झन एकै पटक ठुलो संख्यामा मृत्युहरुको सामना गर्न पर्ने भनेको झनै पीडादायी र चुनौतिपूर्ण पनि हो । तर जव दुखद परिणाम अपरिवर्तनीय बन्ने सम्भावना रहन्छ तव सवै अवस्थाको निम्ती तयार रहनुको विकल्प हुदैन ।

अहिलेको कोरोना कहरमा त्यसको कथित इपिसेन्टर अर्थात न्युयोर्कमा रहेर , कोरोना कहरको फैलावट , त्यसको क्रम र असरहरुलाइ नियाल्दै गर्दा यो भाइरसको संक्रमण कोहि कसैलाइ चाहिं हुनै नसक्ने भन्ने देखिएको छैन । सँसारकै धनि मध्यमा पर्ने देश वेलायतका राजकुमार, प्रधानमन्त्री देखि अमेरिकाको डेट्रोइटका बस चालक हुँदै कतारमा मजदुरी गर्ने श्रमिकसम्मलाइ संक्रमित गर्न यो भाइरस सफल भएको छ ।

संक्रमित मध्य कतिपयको शरीरको प्रतिरोधात्मक क्षमताले कोरोनालाइ युद्धमा हराएको छ त कतिपयलाइ कोरोनाले हराएको छ तर कहीं कतै पनि पैसा , शक्ती वा यस्तो कुनै कुराले कोरोनासंगको युद्धको परिणामलाइ परिवर्तन गर्न सकेको छैन । यो कोरोनाले जीवन भनेको कसैको निम्ती पनि कुनै ग्यारेण्टी नभएको कुनै घडी कुनै पल पनि सकिने सक्ने सत्य रहेको प्रमाणित गरिदिएको छ ।

यद्धपि त्यस्तो सत्य स्थापित हुँदा पनि धेरैले यो सत्यलाई स्वीकार गर्न नसकेको देखिन्छ । जीवन कुनै पनि घडीमा हामिलाइ मृत्यु उपहार दिएर जान सक्छ भन्ने सत्यको मनन गर्नुको अलावा अहिले पनि लालच गर्ने , स्वार्थ केन्द्रित काम गर्ने , आफ्नो निहित स्वार्थको खातिर अन्याय अत्याचारपूर्ण कामलाइ निरन्तरता दिने, झुठ र फरेवीलाइ स्थापित गर्न थप झुठ बोल्ने मात्रै नभएर स्वयम आफु र आफ्नाहरुलाइ समेत आफ्नो अजम्बरी रहेको भ्रममा राख्ने काम पनि चलेकै छ ।

हो भाइरस वा अन्य कुनै रोगलाइ जित्न पनि उच्च मनोवल राख्नु पर्छ, म जित्छु र रोगले हार्छ , म बाँच्छु अनि रोग जन्माउने भाइरस मर्छ भन्ने मानसिकता राख्नु पर्छ । तर त्यसको मतलव कहीं कतै आफु हार्ने सम्भावनालाइ मनन गरेर आफु हारेको अवस्थाको तयारी नगर्ने बचपना पनि अनुचित र प्रतिउत्पादक हुनसक्छ ।

यदी सत्यलाइ जस्ताका तस्तै बुझ्ने हो भने आज चाइना वाहेक संसारका अन्य देशहरुमा कोरोना भाइरसको जे जसरि प्रभाव परिरहेको छ त्यसको एउटा प्रमुख कारण के हो भने सवैले कोरोना भाइरसको प्रभावको दायरालाइ चाइनामै सिमित गरेर बुझे । जसरि देशका शासकहरुले कोरोनालाइ चाइनाको सिमानामा सिमित गरेर बुझे , जनताहरुले पनि कोरोना भाइरस प्रतिरोधमा चाइनिज वाहेक अन्य सवै सवल रहेको ढंगले बुझेकोले यो समस्या आयो र आज संसारभर कोरोना सवै भन्दा वलियो र सँसार कोरोना भन्दा कम्जोर सावित हुनपुग्यो ।

तर कोरोना भन्दा को वलियो छ वा को कम्जोर छ भन्ने प्रमाणित त्यो संक्रमण भएर रोग नलागुन्जेल थाहा हुने रहेनछ भन्ने कुरालाइ भुलेर मलाइ चाहिं केहि हुदै हुदैन भन्ने दम्भ राख्ने वा ओह हो म त कोरोना लागिहालेमा मरीहाल्छु नि भन्ने कम्जोर मानसिकता राख्ने दुवै प्रवृति देखिएका छन । सत्यलाइ मनन गरेर भन्ने हो भने ति दुवै मानसिकताहरु ठिक हैनन किनकि कोरोना जोसुकैलाइ पनि लाग्न सक्छ तर सवै कोरोना सङ्क्रमितहरुको मृत्यु हुदैन , अझै कतिपयले त लागेको थाहा समेत नपाउँदै त्यसबाट मुक्त भैसक्छन । तसर्थ कोरोनाको कहरको वर्तमानमा हरेकले आफुलाइ कोरोना लाग्न सक्छ , लागिहालेको अवस्थामा आफुले हार्ने भन्दा जित्ने सम्भावना ज्यादा छ भन्ने ठान्ने तर हारिहालेको अवस्थालाइ पनि स्वीकार गर्नु पर्ने सत्यलाइ मनन गर्दै आवश्यक तयारी गर्नु बान्छनीय हुनेछ ।

अत; कोरोनालाइ जस्ताका तस्तै बुझ्नु पर्नेछ र त्यो भनेको कोरोना भाइरस अहिले मानवजातिको निम्ती युद्धको एक पक्ष हो जसमा हरेक मानिसले एक्ला एक्लै लड्नु पर्नेछ र युद्धमा लडने व्यक्तीले हार्ने र जित्ने बारबरी सम्भावना छ । तसर्थ यस युद्धमा होमिने अनिच्छाका वावजुद जोसुकैले पनि कुनै पनि बेला होमिनु पर्ने सत्यको मनन गर्दै जितको खुसिको क्षण देखि हारको अवस्था समेतको निम्ती तयार रहनुपर्छ ।

तर हरेक अन्य युद्धहरुमा जस्तै कोरोनासंगको युद्धमा पनि जितको खुसि त धेरैसंग मनाउन सकिएला तर हारको पिडा साटासाटको सन्दर्भ चाहिं यो युद्धमा अरु भन्दा पृथक हुन्छ भन्ने बुझ्नु पनि त्यतिकै जरुरि छ । कोरोनासंग हार्ने जोसुकैको पनि हारको भार हार्ने योद्धालाइ हैन निजमा भर पर्नेहरुलाइ पर्न जान्छ , त्यस कारण यस युद्धमा हार हुँदाको वखत त्यसको सामना गर्न पर्नेहरुलाइ त्यस हारको निम्ती तयार राख्नु र त्यसपछिको यात्राको निम्ती मानसिक रुपमा तयार पार्नु चाहिं सवै भन्दा कठिन तर अत्यावश्यक छ ।

कोरोना लागेर कोहि पनि अस्पताल भर्ना हुन् नपरोस , हुनुपरे पनि भेन्टिलेटरमा बस्नु नपरोस तर परिहालेछ र त्यहाँबाट फिर्ता आउन सक्ने नसक्ने अन्योलमा ओह हो मैले यति गरेर आउन पाएको भए मेराहरुलाइ असहजता पछिको वाध्यात्मक जीवनमा सहज हुन्थ्यो , ला वर्वाद पो हुने भयो भन्ने अवस्था चाहिं नपरोस भन्नेमा सजगता पनि त्यतिकै आवश्यक र अनिवार्य छ ।

त्यसैले सवैले कोरोना सवैको निम्ती एक्ला-एक्लै लडनु पर्ने युद्ध हो जहाँ हार वा जितको सम्भावना बरावर छ भन्ने सत्य स्वीकार गर्दै सुखद जित र दुखद हार दुवैको निम्ती आवश्यक तयारी गरेकै राम्रो हुन्छ कि ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com