कोरोना एक युद्ध : जीत वा हारका लागि तयार होऔं


प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार

– राधाकृष्ण देउजा

कोरोना भाइरसको प्रकोप प्रारम्भ भएको दिन देखि आजसम्म आइपुग्दा एउटा दुखद तर अकाट्य सत्य स्थापित भएको छ त्यो के भने अहिले सम्पूर्ण मानव जातीनै कोरोनासंगको लडाईमा छ र यो युद्धमा नजानिकनै होमिन पुग्नेहरु जोसुकैले पनि जित्ने र वा जोसुकैले पनि हार्ने सम्भावना रहन्छ । हो , कोरोनासंगको युद्ध हार्नेहरु भन्दा जित्ने धेरै पाइएको छ तर पनि त्यो हार्नेहरुको संख्यामा को पर्छ त्यो कसैले भन्न सक्दैन ।

हो , तुलनात्मक रुपमा कोरोनासंगको युद्धमा हार्नेहरुको संख्यामा युवाहरु कम र वृद्धहरु ज्यादा छन तर युवा हुँदै नभएको हैन , भर्खरका स्वस्थ वालक पनि कोरोनासंगको युद्धमा हारेका उधाहरण छन । मृत्यु आफैंमा दुखद हो , झन एकै पटक ठुलो संख्यामा मृत्युहरुको सामना गर्न पर्ने भनेको झनै पीडादायी र चुनौतिपूर्ण पनि हो । तर जव दुखद परिणाम अपरिवर्तनीय बन्ने सम्भावना रहन्छ तव सवै अवस्थाको निम्ती तयार रहनुको विकल्प हुदैन ।

अहिलेको कोरोना कहरमा त्यसको कथित इपिसेन्टर अर्थात न्युयोर्कमा रहेर , कोरोना कहरको फैलावट , त्यसको क्रम र असरहरुलाइ नियाल्दै गर्दा यो भाइरसको संक्रमण कोहि कसैलाइ चाहिं हुनै नसक्ने भन्ने देखिएको छैन । सँसारकै धनि मध्यमा पर्ने देश वेलायतका राजकुमार, प्रधानमन्त्री देखि अमेरिकाको डेट्रोइटका बस चालक हुँदै कतारमा मजदुरी गर्ने श्रमिकसम्मलाइ संक्रमित गर्न यो भाइरस सफल भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

संक्रमित मध्य कतिपयको शरीरको प्रतिरोधात्मक क्षमताले कोरोनालाइ युद्धमा हराएको छ त कतिपयलाइ कोरोनाले हराएको छ तर कहीं कतै पनि पैसा , शक्ती वा यस्तो कुनै कुराले कोरोनासंगको युद्धको परिणामलाइ परिवर्तन गर्न सकेको छैन । यो कोरोनाले जीवन भनेको कसैको निम्ती पनि कुनै ग्यारेण्टी नभएको कुनै घडी कुनै पल पनि सकिने सक्ने सत्य रहेको प्रमाणित गरिदिएको छ ।

यद्धपि त्यस्तो सत्य स्थापित हुँदा पनि धेरैले यो सत्यलाई स्वीकार गर्न नसकेको देखिन्छ । जीवन कुनै पनि घडीमा हामिलाइ मृत्यु उपहार दिएर जान सक्छ भन्ने सत्यको मनन गर्नुको अलावा अहिले पनि लालच गर्ने , स्वार्थ केन्द्रित काम गर्ने , आफ्नो निहित स्वार्थको खातिर अन्याय अत्याचारपूर्ण कामलाइ निरन्तरता दिने, झुठ र फरेवीलाइ स्थापित गर्न थप झुठ बोल्ने मात्रै नभएर स्वयम आफु र आफ्नाहरुलाइ समेत आफ्नो अजम्बरी रहेको भ्रममा राख्ने काम पनि चलेकै छ ।

हो भाइरस वा अन्य कुनै रोगलाइ जित्न पनि उच्च मनोवल राख्नु पर्छ, म जित्छु र रोगले हार्छ , म बाँच्छु अनि रोग जन्माउने भाइरस मर्छ भन्ने मानसिकता राख्नु पर्छ । तर त्यसको मतलव कहीं कतै आफु हार्ने सम्भावनालाइ मनन गरेर आफु हारेको अवस्थाको तयारी नगर्ने बचपना पनि अनुचित र प्रतिउत्पादक हुनसक्छ ।

यदी सत्यलाइ जस्ताका तस्तै बुझ्ने हो भने आज चाइना वाहेक संसारका अन्य देशहरुमा कोरोना भाइरसको जे जसरि प्रभाव परिरहेको छ त्यसको एउटा प्रमुख कारण के हो भने सवैले कोरोना भाइरसको प्रभावको दायरालाइ चाइनामै सिमित गरेर बुझे । जसरि देशका शासकहरुले कोरोनालाइ चाइनाको सिमानामा सिमित गरेर बुझे , जनताहरुले पनि कोरोना भाइरस प्रतिरोधमा चाइनिज वाहेक अन्य सवै सवल रहेको ढंगले बुझेकोले यो समस्या आयो र आज संसारभर कोरोना सवै भन्दा वलियो र सँसार कोरोना भन्दा कम्जोर सावित हुनपुग्यो ।

तर कोरोना भन्दा को वलियो छ वा को कम्जोर छ भन्ने प्रमाणित त्यो संक्रमण भएर रोग नलागुन्जेल थाहा हुने रहेनछ भन्ने कुरालाइ भुलेर मलाइ चाहिं केहि हुदै हुदैन भन्ने दम्भ राख्ने वा ओह हो म त कोरोना लागिहालेमा मरीहाल्छु नि भन्ने कम्जोर मानसिकता राख्ने दुवै प्रवृति देखिएका छन । सत्यलाइ मनन गरेर भन्ने हो भने ति दुवै मानसिकताहरु ठिक हैनन किनकि कोरोना जोसुकैलाइ पनि लाग्न सक्छ तर सवै कोरोना सङ्क्रमितहरुको मृत्यु हुदैन , अझै कतिपयले त लागेको थाहा समेत नपाउँदै त्यसबाट मुक्त भैसक्छन । तसर्थ कोरोनाको कहरको वर्तमानमा हरेकले आफुलाइ कोरोना लाग्न सक्छ , लागिहालेको अवस्थामा आफुले हार्ने भन्दा जित्ने सम्भावना ज्यादा छ भन्ने ठान्ने तर हारिहालेको अवस्थालाइ पनि स्वीकार गर्नु पर्ने सत्यलाइ मनन गर्दै आवश्यक तयारी गर्नु बान्छनीय हुनेछ ।

अत; कोरोनालाइ जस्ताका तस्तै बुझ्नु पर्नेछ र त्यो भनेको कोरोना भाइरस अहिले मानवजातिको निम्ती युद्धको एक पक्ष हो जसमा हरेक मानिसले एक्ला एक्लै लड्नु पर्नेछ र युद्धमा लडने व्यक्तीले हार्ने र जित्ने बारबरी सम्भावना छ । तसर्थ यस युद्धमा होमिने अनिच्छाका वावजुद जोसुकैले पनि कुनै पनि बेला होमिनु पर्ने सत्यको मनन गर्दै जितको खुसिको क्षण देखि हारको अवस्था समेतको निम्ती तयार रहनुपर्छ ।

तर हरेक अन्य युद्धहरुमा जस्तै कोरोनासंगको युद्धमा पनि जितको खुसि त धेरैसंग मनाउन सकिएला तर हारको पिडा साटासाटको सन्दर्भ चाहिं यो युद्धमा अरु भन्दा पृथक हुन्छ भन्ने बुझ्नु पनि त्यतिकै जरुरि छ । कोरोनासंग हार्ने जोसुकैको पनि हारको भार हार्ने योद्धालाइ हैन निजमा भर पर्नेहरुलाइ पर्न जान्छ , त्यस कारण यस युद्धमा हार हुँदाको वखत त्यसको सामना गर्न पर्नेहरुलाइ त्यस हारको निम्ती तयार राख्नु र त्यसपछिको यात्राको निम्ती मानसिक रुपमा तयार पार्नु चाहिं सवै भन्दा कठिन तर अत्यावश्यक छ ।

कोरोना लागेर कोहि पनि अस्पताल भर्ना हुन् नपरोस , हुनुपरे पनि भेन्टिलेटरमा बस्नु नपरोस तर परिहालेछ र त्यहाँबाट फिर्ता आउन सक्ने नसक्ने अन्योलमा ओह हो मैले यति गरेर आउन पाएको भए मेराहरुलाइ असहजता पछिको वाध्यात्मक जीवनमा सहज हुन्थ्यो , ला वर्वाद पो हुने भयो भन्ने अवस्था चाहिं नपरोस भन्नेमा सजगता पनि त्यतिकै आवश्यक र अनिवार्य छ ।

त्यसैले सवैले कोरोना सवैको निम्ती एक्ला-एक्लै लडनु पर्ने युद्ध हो जहाँ हार वा जितको सम्भावना बरावर छ भन्ने सत्य स्वीकार गर्दै सुखद जित र दुखद हार दुवैको निम्ती आवश्यक तयारी गरेकै राम्रो हुन्छ कि ?

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com