नवराज केसीको संयोजनमा न्युयोर्क र न्युजर्सीका नेपालीलाई ५ सय मास्क


प्रकाशित मिति : चैत्र २१, २०७६ शुक्रबार

रोटरी क्लब अफ क्वीन्सका अध्यक्ष नवराज केसीको पहलमा न्युयोर्कको बु्रकलिन बोरो प्रेसिडेन्ट एरिक आडम्समार्फत प्राप्त ५ सय थान मास्क न्युयोर्क र न्युजर्सीका नेपालीहरुलाई वितरण गरिएको छ । आज केसीले प्रदान गरेका एकसय थानमास्क खसोखासमार्फत न्युजर्सीका नेपाली समुदायलाई वितरण गरिएको छ ।

केसीले खसोखासका सम्पादक दीपक परियारलाई उक्त मास्क हस्तान्तरण गर्नुभएको थियो । ती मास्कहरु न्युजर्सीका नेपालीहरुमाझ वितरण गरिएको परियारले जानकारी दिनुभयो ।

बु्रकलिन बोरो प्रेसिडेन्ट एरिक आडम्समार्फत प्राप्त ३ सय मास्क नेपाली समुदायलाई वितरणका लागि नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टलाई नवराज केसीले हस्तान्तरण गर्नुभएको थियो भने १ सय थान मास्क शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पालाई हस्तान्तरण गर्नुभएको थियो ।

बु्रकलिन बोरो प्रेसिडेन्टबाट थप ५ सय मास्क आउने सम्भावना रहेको केसीले जानकारी दिनुभएको छ । न्युयोर्कका कोरोना प्रभावितको सहयोगका लागि केसी सकृय रहदै आउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com