पोर्चुगल: लिस्बनमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपालीमा कोरोना संक्रमण


प्रकाशित मिति : चैत्र १९, २०७६ बुधबार

पोर्चुगलको लिस्बनमा एउटै फ्ल्याटमा बस्ने ८ जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ।

उनीहरुमध्ये एकजनालाई दुईहप्तादेखि ज्वरो आएको र स्वस्थ्यकर्मीको सल्लाहमा औषधी खादा पनि निको नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो।

ति नेपालीमा कोरोना संक्रमण पुष्टी भएसंगै एउटै फ्ल्याटमा बस्ने सबैको स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य परिक्षणबाट सबै ८ जना नेपालीमा कोरोना संक्रमणको पुष्टी भएको छ। एउटै घरमा बस्ने भएकोले एकबाट सबैमा कोरोना संक्रमण भएको अनुमान गरिएको छ।

संक्रमितहरु मध्ये एक जनालाई अस्पतालमा भर्ना गरिएको छ। अन्य सात जनामा कोरोना सामान्य अवस्थामा देखिएको र अस्पतालमा स्थान नभएकोले घरमै आइसोलेसनमा राखिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोही भवनको अर्को फ्ल्याटमा बस्ने र संक्रमितहरुको सम्पर्कमा रहेका अन्य ५ जनामा पनि संक्रमणको जोखिम कम गर्न क्वारेन्टाइनमा राखिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com