यसरी बनाउनुहोस् तपाईको घरलाई कोरानाभाइरसविहिन


प्रकाशित मिति : चैत्र १८, २०७६ मंगलबार

– स्कटी एन्ड्रयु / सीएनएन

 

गेमप्लान बनाउनुहोस्

– बाहिरतिर दौडधुप गर्नका लागि एकजना व्यक्तिमात्र छनौट गर्नुहोस्
– घरबाहिर वा कोठाको धेरै आवतजावत नगर्ने स्थलमा प्याकेजहरु संक्रमणविहिन बनाउने स्थल छनौट गर्नुहोस्

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाहिर गएको बेलामा

– अरुको ६ फिटभन्दा नजिक नजानुहोस्
– किनमेट गर्दा कार्ट वा बास्केटको ह्याण्डल सेनिटाइजरले पुछ्नुहोस्
– मास्क र ग्लोभ्स प्रयोग गर्नुहोस् । अनुहारमा नछुनुहोस् र बारम्बार साबुनपानीले हात धुनुहोस् ।

घर आइसकेपछि

– कम्तीमा २० सेकेण्ड साबुनपानीले हात धुनुहोस्
– बाहिरबाट ल्याएका बक्सहरु संक्रमणबिहिन बनाउनुहोस्
– तरकारी, फलफुल लगायतका खानेकुरा किचनमा राख्नुअगाडि राम्ररी पखाल्नुहोस्

डिस्इन्फेक्ट

– ढोकाका ह्याण्डल, बत्तिका स्वीच, चाँबी, फोन, किबोर्ड, रिमोट लगायत तपाईले छोएका हरेकचीज संक्रमणविहिन बनाउनुहोस्,
– डिस्इन्फेक्ट गर्दा एफडीए स्वीकृत क्लोरेक्स लगायतका वाइप र स्प्रे प्रयोग गर्नुहोस् । सतहलाई ३ देखि ५ मिनेट भिजेको अवस्थामा राख्नुहोस्

डेलिभरी

– डेलिभरी गर्नेहरुलाई तपाईको सामान ढोकाबाहिर नै राख्न लगाउनुहोस्
– ढोकानेर आउनुपर्ने भएमा ६ फिटको दुरी कायम गर्नुहोस्
– सम्भव भएसम्म टिप्स पनि अनलाइनबाटै दिनुहोस्
– मेलबक्सबाट चिठीहरु ल्याएपछि राम्रोसँग हात धुनुहोस्

लण्ड्री

– कपडा, टावेल, तन्नाहरु तातोपानीले धुनुहोस्
– लण्ड्रीको बास्केट पनि डिस्इन्फेक्ट गर्नुहोस्
– फोहोर कपडाहरु हावामा नझट्कार्नुहोस्

पाहुना

– अहिले तपाईले घरमा पाहुना नबोलाउनुहोस्
– कोही साथी वा परिवारको सदस्य ल्याउनुपर्ने भएमा बस्ने स्थल सकभर शेयर नगर्नुहोस्, एकैठाउ नबस्नुहोस्
– एकैठाउमा बस्नुपरेमा पनि ६ फिटको दुरी कायम गरेर बस्नुहोस्

यदि तपाईको घरमा कोही बिरामी भएमा

– सबैभन्दा पहिले डाक्टरको सुझाव लिनुहोस्
– बिरामीलाई छुट्टै कोठामा राख्नुहोस् र छुट्टै बाथरुम प्रयोग गर्न लगाउनुहोस्
– छोइएका सतहहरु हरेकदिन डिस्इन्फेक्ट गर्नुहोस्
– सामानहरु एकआपशमा शेयर नगर्नुहोस्
– उनीहरुको कपडा धुँदा ग्लभ्सको प्रयोग गर्नुहोस्
– लगातार हात धुनुहोस्
– बिरामीलाई मास्कको प्रयोग गर्न लगाउनुहोस्

तपाईलाई आवश्यक सामान

– ईपीएबाट स्वीकृत डिस्इन्फेक्टमात्र प्रयोग गर्नुहोस्
– यदि डिस्इन्फेक्ट नभएमा ब्लीचको घोल बनाउनुहोस् । त्यसका लागि एक चौथाई ग्यालेन पानीमा ४ चम्चा ब्लिच मिसाउनुहोस् । वा ७० प्रतिशत अल्कोहोल सोलुसन प्रयोग गर्नुहोस् ।
– कपडाधुने सावुन
– फोहोर फ्याक्ने झोलाहरु
– डाक्टरले सिफारिस गरेका औषधीहरु
– क्यानमा राखिएका खानेकुराहरु
– ब्रेड, पास्ता लगायतका सुख्खा खानेकुरा
– मासु, तरकारी, फलफुल लगायतका फ्रोजन खानेकुरा

घरपालुवा जनावर

– तपाईको घरको ब्याकयार्डमा घरपालुवा जनावरको निरिक्षण गर्नुहोस्
– उनीहरुसँग घरबाहिर खेल्न सक्नुहुन्छ तर अरु मान्छेसँग सम्पर्क हुन नदिनुहोस्
– यदि तपाई बिरामी हुनुहुन्छ भने अरुलाई नै घरपालुवा जनावरको हेरचाह गर्न लगाउनुहोस्
– यदि हेरचाह गर्ने कोही नभएमा बारम्बार आफ्नो हात धुनुहोस्

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com