न्यूजर्सीका नेपालीहरूद्वारा कोरोना महामारीबाट पीड़ितका लागि राहत समूह


प्रकाशित मिति : चैत्र १६, २०७६ आईतबार

अमेरिकाको न्यू जर्सी राज्यका नेपालीहरूको एक आपत्कालिन कन्फेरेनेस कल बैठकले कोरोना महामारी रोगबाट पीड़ितहरूको राहतको लागि समूह गठन गरेको छ भने महारोग सम्बन्धि रणनीतिको तयारी र सार्वजनिक अपील जारी गरिएकोछ। बैठकले कोरोनाभाईरस र भविष्यमा हुन सक्ने महामारी प्रकोपको राहतको लागि न्यू जर्सी नेपाली महारोग राहत समूह गठन गरेकाछन्।

समूहले समुदायका सदस्यहरूलाई धैर्यधारण, सावधानी र सुरक्षित रहन अपील गर्दै सोसल डिस्टेन्स कायम गर्न र कोरोनाबाट संक्रमित व्यक्तिसंग सामिप्यमा आएमा १४ दिन सेल्फ कोरिन्टिनमा बस्न आग्रह गरेकोछ। समूहले कोरोना महामारी पीडित सहयोग, कोरोनाभाइरस राहत प्याकेज लाभ वेविनार, नेपाली स्वास्थ्यकर्मी श्रोत डाइरेक्टरी, जनचेतना अभियान र यसबारे विभिन्न वेविनार र सेमिनार संचालन गर्ने जनाएकोछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com