एनआरएएनए युकेका सल्लाहकार तथा नेपाल इन्जिनियर्स एसोसिएसन युके सेन्टरका संस्थापक सल्लाहकार इन्जिनियर केदार पन्तको निधन भएको छ । वीनेपाली डटकममा प्रकाशित समाचार अनुशार पन्तको शनिबार निधन भएको हो ।
लण्डनस्थित निवासमै अस्वस्थ महसुस गरेपछि पन्तलाई इलिङ अस्पताल लगिएको जनाइएको छ । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।
पन्तको मृत्युको हृदयघातबाट भएको आशंका गरिएको पनि कोरोना भाइरसको समेत परीक्षण गरिएको छ । तर रिपोर्ट आउन भने बाँकी रहेको छ । उनलाई र्मिगौलासम्बन्धी समस्या रहेको बताइएको छ ।
लामो समयदेखि लण्डनमा बस्दै आएका लम्जुङ्गका पन्त विगत १० दिनदेखि घरबाटै आइसोसनमा बस्दै काम गर्दै आएका थिए । ५९ वर्षीय पन्तका श्रीमती र एक छोरा छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
यसअगाडि बेलायतमा मृत्यु भएका दुई नेपालमा कोरोना पोजेटिभ देखिएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।