न्युयोर्कमा कोरोना संक्रमित मोक्तानको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज


प्रकाशित मिति : चैत्र १६, २०७६ आईतबार

कोरोना संक्रमणका कारण न्युयोर्कको अस्पतालमा भर्ना भएका न्युयोर्कका चर्चित भिडियोग्राफर शम्भु मोक्तानको स्वास्थ्यमा सुधार आएपछि आज अस्पतालबाट डिस्चार्ज गरिएको छ । सोमबारदेखि लङ आइल्याण्डमा रहेको जुइस अस्पतालमा उपचार भइरहेकोमा आज घरमै आराम गर्नका लागि डिस्चार्ज गरिएको हो ।

‘कोरोना संक्रमण भएपछि धेरैजना आत्तिएर आफूलाई झन् कष्टमा पारेको पाइन्छ । तर आत्तिएर नभई संयम भएर उपचार गरेमा कोरोनासँग जुध्न सकिने रहेछ ।’ – श्रीमति नन्दु मोक्तानले खसोखाससँग भनिन्  – ‘घर आइसकेपछि उहाँले चिकेन सुप पिउनुभयो । तातो चिया पिउनुभयो । कमजोर भएपनि स्वास्थ्यमा विस्तारै सुधार भएको छ ।’

सोमबार अस्पतालमा भर्ना हुनुभएका उनीमा बुधबार कोरोना संक्रमण पुष्टी भएको थियो । अहिले स्वास्थ्यमा सुधार आएको तर अलिकति कमजोर अनुभव भएकाले प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु दिइएको छ ।

अस्पतालबाट डिस्चार्ज भइसकेपछि घरमा आराम गर्दै शम्भु मोक्तान ।

यसैबीच कोरोना संक्रमित मोक्तानले अमेरिकामा रहेका नेपालीहरु लगायत सबैलाई कोरोना संक्रमणबाट आफू बच्न र अरुलाई बचाउन घरभित्रै बस्न र सामाजिक दुरी कायम गर्न आब्हान गरेका छन् । उनले कोरोना संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन समेत अनुरोध गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले खसोखासमार्फत समुदायलाई सन्देश दिदै भने – ‘यदि तपाईमा लक्षण देखिएको छ भने अरुलाई संक्रमण हुन नदिन कृपया घरमै बस्नुहोला । यदि तपाईमा लक्षण देखिएको छैन भने पनि अरुबाट आफूमा संक्रमण हुन नदिन घरमै बस्नुहोला ।’

प्रचारमा आएजस्तो कोरोनाको कुनै पनि लक्षण आफूमा नदेखिएको उनले जानकारी दिए । आफूमा देखिएको लक्षण र बाहिर भनिएको लक्षण एउटा पनि नमिलेको उनको भनाई छ । उनले भने – ‘मलाई पाखुरा र टाउकोमा सोला हानेजस्तो भएको थियो । पहिले पनि यस्तो हुन्थ्यो । अनि पेनकिलर खाएपछि निको हुन्थ्यो ।’

‘तर यसपटक निको भएन । तीनचारघण्टापछि फेरी दुख्न थाल्थ्यो । यसरी एकसातासम्म पनि दुखेपछि निको हुनुको साटो झन् स्वास फेर्न गाह्रो हुन थालेपछि अस्पतालमा इमर्जेन्सी रुममा भर्ना भएँ । सबै टेस्टहरु गरेपछि कोरोना पनि टेस्ट गर्दा पोजेटिभ भएको रिपोर्ट आयो ।’ –  उनले खसोखासलाई जानकारी दिए ।

न्युयोर्कको ज्याक्सनहाइटमा मोक्तान डिजिटल संचालन गरिरहेका मोक्तान न्युयोर्कका चर्चित भिडियोग्राफर हुन् । उनले कैयन म्युजिक भिडियो र चलचित्रहरु समेत खिचेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com