KHASOKHAS ON GOOGLE NEWS CoronaVirus Fact Checking CoronaVirus News Update CoronaVirus: Stories of Hope CoronaVirus Resource Center File UI or PUA Claim Donate to Khasokhas

अमेरिकाले कतार एयरवेजको विमान चार्टड गरेर नेपालमा रहेका नागरिक अमेरिका ल्याउने

नेपालमा रहेका अमेरिकी नागरिकलाई कतार एयरवेजको विमान चार्टड गरेर अमेरिका ल्याइने भएको छ । काठमाडौंबाट दोहा हुँदै उक्त विमान अमेरिकाको वासिंटन डिसीमा आउने काठमाडौं स्थीति अमेरिकी दूतावासले जनाएको छ ।

विमान मार्च ३१ मंगलबार दिउसो १२ बजेतिर काठमाडौंबाट प्रस्थान गर्नेछ । अमेरिकी सरकारको विदेश मन्त्रालयले उक्त विमान चार्टड गरेको हो ।

पहिलो प्राथमिकता ६५ बर्ष काटेका र स्वास्थ्य समस्या भएकाहरुलाई दिइने भएको छ । दोश्रो प्राथमिकता बालबालिकाहरुलाई दिइने भएको छ भने तेश्रो प्राथमिकता मेडिकल आवश्यकता भएका अन्य अमेरिकीहरुलाई दिइनेछ । त्यपछि सबैभन्दा पहिले आउने अमेरिकी नागरिकले प्राथमिकता पाउने दूतावासले जनाएको छ ।

नेपालमा रहेका अमेरिकीहरुलाई अमेरिका ल्याउनका लागि अमेरिकी दूतावासले नेपालभर रहेका र अमेरिका फर्कन चाहने आफ्ना नागरिकहरुलाई काठमाडौंमा जम्मा गरिरहेको छ ।

नेपाल सरकारसँग समन्वय गरेर पोखरा र लुक्लामा रहेका अमेरिकन नागरिकलाई काठमाडौं ल्याउनका लागि यात्रा प्रबन्ध गर्न सफल भएको र अरुलाई पनि ल्याउने प्रयास गरिरहेको काठमाडौंस्थीत अमेरिकी दूतावासले जनाएको छ । नेपाल पर्यटन बोर्ड र स्थानीय सीडीओहरुसँग समन्वय गरेर विभिन्न जिल्लामा रहेका अमेरिकी नागरिकलाई काठमाडौं आउने वातावरण बनाइरहेको दूतावासले जनाएको छ ।

Loading...

यी उडानमार्फत अमेरिका जानका लागि लाग्ने शुल्क अरुबेलामा इकोनोमी उडानका लागि लाग्ने शुल्कभन्दा बढी नहुने र अमेरिका आइसकेपछि अमेरिकी विदेशमन्त्रालयले उक्त शुल्क तिर्ने संयन्त्र बनाउने जनाइएको छ । १८ सय देखि २ हजार डलरकोबीचमा रकम तय गर्ने प्रयास गरिरहेको दूतावासले जनाएको छ ।

तर यी उडानबाट अमेरिका आउनका लागि हरेक अमेरिकी नागरिकले डीएस ५५२८ नामको फर्म भरेर दूतावासमा बुझाउनुपर्नेछ ।

दूतावासले अमेरिका फर्कन चाहेका नेपालमा रहेका अमेरिकी नागरिकलाई सुरुमा अर्को फर्म भर्न समेत आब्हान गरेको छ । नेपालबाट अहिले फर्कन नचाहेकाहरुले फर्म भर्न आवश्यक नरहेको दूतावासले जनाएको छ । फर्कन चाहेकाहरुका सन्दर्भमा नेपालबाट अमेरिकाको उडान सन्दर्भमा वासिंटन डिसीसँग पनि समन्वय गरिरहेको दूतावासको भनाई छ ।

फर्म भर्न यहाँ क्लिक गर्नुहोला

अहिलेसम्म फर्म नभरेका तर नेपालबाट उद्दार गरिने अमेरिका ल्याइने उडानमा आउन चाहेकाहरुलाई तुरुन्त फर्म भर्न अनुरोध गरिएको छ । त्यस्तै अमेरिकी दूतावासले नेपालमा रहेका सबै अमेरिकी नागरिकहरुलाई धैर्य रहन आग्रह गरेको छ ।


भिडियो हेर्नुहोस्

Namaste Media Inc. New York, USA

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Europe Editor: Hari Krishna Panthi
Online Editors: Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com
WP2Social Auto Publish Powered By : XYZScripts.com