कोरोना संक्रमणका विरुद्ध बाल्टिमोरमा सामुदायिक पहल,विभिन्न टास्कफोर्स गठन


प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार

कोरोना भाइरसको प्रकोपले अहिले विश्वभरको जनजीवन नराम्ररी प्रभावित भएको छ । कोभिड-१९ नाम दिइएको यो भाइरसको संक्रमणबाट पीडित हुनेहरुको संख्या र निधन हुनेहरुको संख्या दैनिक रुपमा बढेको छ ।

यसको बढ्दो संक्रमणलाई थप फैलन नदिन सतर्कता र सचेतता बाहेक हालका लागि अर्को विकल्प देखिएको छैन । त्यसैले अमेरिकाको संघीय र कतिपय राज्य सरकारले आपतकालीन स्थितिको घोषणा गरी मानिसहरुको जमघट,भेटघाट,सभा,समारोह सबै बन्द गरिदिएका छन् ।

यही संक्रमणको बढ्दो खतरा र जोखिमलाई न्यून गर्न र आफ्ना समुदायका सदस्यहरुलाई भैपरी आउने आवश्यक सहयोग गर्न बाल्टिमोरमा सामुहिक पहल भएको छ । मेरिल्याण्ड राज्य संसदमा निर्वाचित पहिलो नेपाली-अमेरिकी युवा ह्यारी भण्डारीको पहलमा समुदायका सदस्यहरुका बीच आवश्यक छलफलपछि एक उच्चस्तरीय समिति र सोही समिति मातहत विभिन्न टास्कफोर्स समेत गठन गरिएको छ ।

हालका लागि मेरिल्याण्ड राज्यमा सिमित हुने गरी गठन गरिएको यो समितिले कोरोनाको बढ्दो संक्रमणबाट जोगिने उपायहरुको बारे सचेतना जगाउनेलगायत आवश्यक सहयोगका लागि समेत काम गर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राज्य सांसद भण्डारीको संयोजकत्वमा गठित समितिमा मेरिल्याण्ड राज्यको इन्डियन हेड नगरका भाइस मेयर किरण सिटौला,महावाणिज्यदूत प्रेमराजा महतसहित डाक्टर श्याम कार्की,अर्जुन हमाल,राजन त्रिपाठी, प्रेमकुमार श्रेष्ठ, प्रभू थापा र गोपाल विश्वकर्मा सदस्य छन् ।

यसैगरी समितिका अन्य सदस्यहरुमा कृष्णजीवि पन्थ,कृष घिमिरे, कुलमणी आचार्य ,डाक्टर उत्तम गौली,डाक्टर कृष्ण विष्ट,कुमार कार्की,डोलनाथ घिमिरे,सुबोध पन्त र अन्सुया वन्त रहेका छन् । समितिको सचिवालय व्यवस्थापनका लागि गौतम दाहालले समन्वय गर्नुहुनेछ ।

यस समिति मातहत विभिन्न सातवटा टास्कफोर्स समेत गठन गरिएको छ । जसमध्ये पहिलो चिकित्सकहरुको टास्कफोर्स रहेको छ ।मेडिकल सपोर्ट टास्क फोर्स नाम दिईएको यसको संयोजक डाक्टर श्याम कार्की रहनु भएको छ । यस्तै स्थानीय संघ,संस्थाका सबै प्रमूख एवं प्रतिनिधि सदस्य रहने गरीडाक्टर उत्तम गौलीको संयोजकत्वमा नेपाली कम्युनिटी आउटरिच एवं समन्वय समिति गठन गरिएको छ ।

समितिको बैठक र टास्कफोर्स प्रमूखको रिपोर्टलाई दस्तावेजको रुपमा तयार गर्ने र समितिलाई अवगत गराउने गरी डाक्टर कृष्ण विष्टको संयोजकत्वमा टास्कफोर्स सचिवालयको गठन गरिएको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण राज्यमा आपतकालीन स्थिति लागू भएको र यहाँ व्यापार तथा व्यवसाय गरी रहेका नेपाली समुदायका व्यवसायीहरु प्रत्यक्ष प्रभावित भएको अवस्थामा संघीय र राज्य सरकारबाट प्राप्त गर्ने सहुलियत बारे समुदायलाई तथ्य अवगत गराउने र त्यस्तो सेवा तथा सुविधाका लागि आवश्यक समन्वय गर्ने गरी अर्को एक टास्कफोर्स गठन गरिएको छ ।

जसको संयोजकमा कुलमणी आचार्य रहनु भएको छ भने कृष घिमिरेको संयोजकत्वमा स्थानीय समुदायका आम सदस्यलाई तत्काल आवश्यक लजिष्टिक सुविधा उपलब्ध गराउने बारे समन्वय गर्न अर्को टास्कफोर्स गठन गरिएको छ । भाइरसको संक्रमणको खतराका कारण व्यापार,व्यवसाय बन्द भएर बेरोजगार हुन पुगेका समुदायका सदस्यहरुलाई सरकारी सेवा र सुविधा उपलब्ध गराउन आवश्यक समन्वय गर्नेगरी रमेश भट्ट र साथी बाल्टिमोरको संयोजकत्वमा अर्को टास्कफोर्स गठन गरिएको छ ।

यसैगरी कोरोना संक्रमणका लागि यस समितिले गर्ने गतिविधिलाई मिडियामार्फत प्रचार-प्रसार गरी अन्य राज्यका नेपाली समुदायलाई पनि उत्प्रेरित गर्नका लागि मधुकर अधिकारीको संयोजकत्वमा सतिश चापागाईं र सिर्जन ताम्राकार सदस्य रहेको मिडिया टास्कफोर्स समेत गठन गरिएको छ ।
यो समिति र सम्पूर्ण टास्कफोर्सको सचिवालय डेलिगेट ह्यारी भण्डारीको सम्पर्क कार्यालयमा रहनेछ । सचिवालयको संयोजन गौतम दाहालले गर्नेछन् भने सचिवालयमा दीपा गुरुङ र डाक्टर रबिन्द्र शाहले सहयोग गर्नेछन् ।

डेलिगेट भण्डारी अहिले मेरिल्याण्ड हाउस अफ डेलिगेट्सको तर्फबाट युनिभर्सिटी अफ मेरिल्याण्ड हेल्थ सिस्टममा समेत आवद्ध हुनु भएको छ । जसले कोरोना संक्रमणको पछिल्लो अवस्था बारे अपडेट गर्ने र रणनीति बनाउने काम गर्छ ।

यसैबीच कोरोनाका संक्रमणका कारण बेरोजगार हुन पुगेका समुदायका सदस्यहरुलाई सरकारी सहयोग र बेरोज्गारे बीमा सुविधा उपलब्ध गराउनका लागि डेलिगेट भण्डारीको सचिवालयका तर्फबाट दीपा गुरुङले आवश्यक समन्वय गरिरहेकी छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com