नेपालमा रहेका अमेरिकी नागरिकलाई ल्याउन मंगलबार र विहिबार चार्टड विमान


प्रकाशित मिति : चैत्र १५, २०७६ शनिबार

नेपालमा रहेका अमेरिकी नागरिकलाई अमेरिका ल्याउन ल्याउन मंगलबार र विहिबार काठमाडौंबाट चार्टड विमान अमेरिकाको वासिंटन डिसी आउने भएको छ । त्यसका लागि अमेरिकी दूतावासले नेपालभर रहेका र अमेरिका फर्कन चाहने आफ्ना नागरिकहरुलाई काठमाडौंमा जम्मा गरिरहेको छ ।

नेपाल सरकारसँग समन्वय गरेर पोखरा र लुक्लामा रहेका अमेरिकन नागरिकलाई काठमाडौं ल्याउनका लागि यात्रा प्रबन्ध गर्न सफल भएको र अरुलाई पनि ल्याउने प्रयास गरिरहेको काठमाडौंस्थीत अमेरिकी दूतावासले जनाएको छ । नेपाल पर्यटन बोर्ड र स्थानीय सीडीओहरुसँग समन्वय गरेर विभिन्न जिल्लामा रहेका अमेरिकी नागरिकलाई काठमाडौं आउने वातावरण बनाइरहेको दूतावासले जनाएको छ ।

दूतावाले अमेरिकी विदेशमन्त्रालयसँग चार्टड फ्लाइटका सन्दर्भमा समन्वय गरिरहेको र पहिलो उडान मंगलबार मार्च ३१ मा काठमाडौंबाठ वासिंटन डिसीका लागि हुने दूतावासको भनाई छ । दोश्रो उडान अप्रिल २ बिहिबार हुने तर दुबै उडानका लागि समय तय हुन बाँकी रहेको दूतावासले जनाएको छ ।

यी उडानमार्फत अमेरिका जानका लागि लाग्ने शुल्क अरुबेलामा इकोनोमी उडानका लागि लाग्ने शुल्कभन्दा बढी नहुने र अमेरिका आइसकेपछि अमेरिकी विदेशमन्त्रालयले उक्त शुल्क तिर्ने संयन्त्र बनाउने जनाइएको छ । तर यी उडानबाट अमेरिका आउनका लागि हरेक अमेरिकी नागरिकले डीएस ५५२८ नामको फर्म भरेर दूतावासमा बुझाउनुपर्नेछ ।

दूतावासले अमेरिका फर्कन चाहेका नेपालमा रहेका अमेरिकी नागरिकलाई सुरुमा अर्को फर्म भर्न समेत आब्हान गरेको छ । नेपालबाट अहिले फर्कन नचाहेकाहरुले फर्म भर्न आवश्यक नरहेको दूतावासले जनाएको छ । फर्कन चाहेकाहरुका सन्दर्भमा नेपालबाट अमेरिकाको उडान सन्दर्भमा वासिंटन डिसीसँग पनि समन्वय गरिरहेको दूतावासको भनाई छ ।

फर्म भर्न यहाँ क्लिक गर्नुहोला

अहिलेसम्म फर्म नभरेका तर नेपालबाट उद्दार गरिने अमेरिका ल्याइने उडानमा आउन चाहेकाहरुलाई तुरुन्त फर्म भर्न अनुरोध गरिएको छ । त्यस्तै अमेरिकी दूतावासले नेपालमा रहेका सबै अमेरिकी नागरिकहरुलाई धैर्य रहन आग्रह गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com