न्युयोर्कमा सामाजिक व्यक्तित्वहरुको पहलमा कोभिड १९ बिरुद्ध सचेतना एवं सहयोग समुह


प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार

न्युयोर्कमा कार्यरत बिभिन्न संघसंस्थाहरु तथा समाजिक अभियन्ताहरुको संयुक्त पहलमा न्युयोर्कमा कोभिड १९ बिरुद्ध सचेतना एवं सहयोग समुहको शुरुवात गरिएको छ । न्युयोर्कमा रहेका सबै संघसंस्था तथा नेपालीलाई एक जुट भई कोरोनाको संक्रमणबाटपीडित नेपालीका लागि सहयोगको निम्ति समुहका तर्फबाट अपिल समेत गरिएको छ ।

न्युयोर्कका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको कन्फ्रेन्स कल बैठकले यो समुह निर्माण गर्ने निर्णय गरेको हो । जनसम्पर्क समिति अमेरिकाका सभापति तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट, एनआरएनए अमेरिकाका उपाध्यक्ष बीआर लामा, प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष तथा एनआरएन अभियन्ता संजय थापा, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी, प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष टेक गुरुङ लगायतको सहभागितामा भएको बैठकले सहयोग समुहको गठन गरेको हो ।

बैठकमा न्युयोर्कको नेपाली समाजका अगुवा तथा सामाजिक व्यक्तित्वहरु राजेश भट्ट, लोक चेम्जोङ, यादव बास्तोला, मुनिन्द्र नेम्बाङ, केशव राम राई, मनिता गुरुङ र मिलन शाहीको पनि सहभागिता रहेको थियो । यो समुहले कोरोना संक्रमितहरुलाई सम्भव भएसम्मका हरेक प्रकारको सहयोग उपलब्ध गराउन सकृयता जनाउने भएको छ ।

खासगरी न्युयोर्कमा नेपाली समुदायमाझ कोरोना संक्रमण फैलिन नदिन र संक्रमितहरुलाई आवश्यक सहयोगका लागि यो समुहको गठन गरिएको जनसम्पर्क समिति अमेरिकाका सभापति तथा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टले जानकारी दिनुभयो । कोभिड १९ बिरुद्ध सचेतना जगाउनका लागि समेत यो समुह बनाइएको उहाँको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना संक्रमितलाई अत्यावश्यक भएको औषधीको डेलिभरी गरिदिने, ग्रोसरीको डेलिभरी गर्ने, वेरोजगार सुविधादेखि सरकारले दिने राहतबारे नेपाली समुदायलाई सही जानकारी र उपायहरु सिकाउने, नेपालीहरु धेरैजना एकैठाउँ बस्ने अवस्थामा कोरोना पोजेटिभ भएका बिरामीलाई आइसोलेसन गर्नका लागि पहल गर्ने लगायतका कामहरु यो समुहले गर्ने प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष तथा एनआरएन अभियन्ता संजय थापाले जानकारी दिनुभयो ।

सुरुमा आफूहरुले व्यक्तिगत पहलमा सहयोग समुह बनाएपनि अब समुदायको व्यापक सहभागिता आवश्यक भएकाले नयाँ समुह बनाइएको सामाजिक व्यक्तित्व यादव बास्तोलाले जानकारी दिनुभयो । सुरुमा सिमित साधन श्रोत र व्यक्तिगत पहलमा सहयोग अगाडि बढाएपनि अब समुदायको व्यापक पहल र सहभागितामा बनेको यो समुहले थप साधन श्रोतहरु जुटाएर काम गर्ने उहाँको भनाई छ ।

यो समुहका जोडिनका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

न्युयोर्कमा दर्जनबढी कोरोना संक्रमित नेपालका केसहरु सामने आइसकेका छन् भने अन्य कैयन नेपालीहरुमा संक्रमणका लक्षण देखिएका छन् । अमेरिकाको न्युयोर्क कोरोना संक्रमणको नयाँ इपीसेन्टर बनेको छ भने नेपालीहरुको बाक्लो उपस्थीति रहेको क्वीन्समा सबैभन्दा धेरै संक्रमित छन् ।

(यो समाचार समुहमा रहेका अन्य अभियन्ताहरुको थप भनाईसहित अपडेट गरिएको छ ।- सम्पादक)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com