नेपालमा रहेका अमेरिकी नागरिकलाई यसरी ल्याइदै अमेरिका, विशेष उडानको तयारी


प्रकाशित मिति : चैत्र १४, २०७६ शुक्रबार

अमेरिका फर्कन चाहने नेपालमा रहेका अमेरिकी नागरिकलाई देशका विभिन्न क्षेत्रबाट काठमाडौं ल्याउनमा अमेरिकी दूतावास काठमाडौंले सकृयता बढाएको छ । धेरै अमेरिकी नागरिकहरु काठमाडौंबाहिर रहेको र नेपालमा लकडाउनको अवस्था रहेकाले उनीहरुलाई काठमाडौं ल्याउनमा चुनौती रहेको दूतावासले जनाएको छ ।

काठमाडौं ल्याउनका लागि नेपाल सरकारसँग प्रयाप्तमात्रामा समन्वय र स्वीकृतिको जरुरी रहेको तथा पोखरा, लुक्ला, जोमसोम लगायत झापा, मोरङ, सुनसरी, बर्दिया लगायतका क्षेत्रबाट काठमाडौं ल्याउनका लागि यातायातका विकल्प खोजिरहेको दूतावासले जनाएको छ । अहिलेसम्म लुक्लाबाट दुईवटा उडानमा अमेरिकी नागरिकलाई काठमाडौं ल्याउनका लागि अनुमति पाएको दूतावासले जनाएको छ ।

पोखराबाट फर्कन चाहेको अमेरिकी नागरिकको समुहलाई काठमाडौं ल्याउनका लागि अनुमति पाएको र जोमसोम तथा अन्य क्षेत्रबाट काठमाडौं ल्याउनका लागि आफूहरुले काम गरिरहेको दूतावासले जनाएको छ । ट्रेकिङमा रहेका अमेरिकी नागरिकहरुबारे पनि आफूहरु सचेत रहेको र उनीहरुलाई काठमाडौं ल्याउनका लागि उचित विकल्पको तयारीमा रहेको दूतावासको भनाई छ ।

दूतावासले अमेरिका फर्कन चाहेका नेपालमा रहेका अमेरिकी नागरिकलाई फर्म भर्न समेत आब्हान गरेको छ । नेपालबाट अहिले फर्कन नचाहेकाहरुले फर्म भर्न आवश्यक नरहेको दूतावासले जनाएको छ । फर्कन चाहेकाहरुका सन्दर्भमा नेपालबाट अमेरिकाको उडान सन्दर्भमा वासिंटन डिसीसँग पनि समन्वय गरिरहेको दूतावासको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फर्म भर्न यहाँ क्लिक गर्नुहोला

अहिलेसम्म फर्म नभरेका तर नेपालबाट उद्दार गरिने अमेरिका ल्याइने उडानमा आउन चाहेकाहरुलाई तुरुन्त फर्म भर्न अनुरोध गरिएको छ । त्यस्तै अमेरिकी दूतावासले नेपालमा रहेका सबै अमेरिकी नागरिकहरुलाई धैर्य रहन आग्रह गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com