दुई युवाबाट जर्सी सिटीमा बिरामी नेपालीका घरमा औषधी र ग्रोसरी पुराउने अभियान सुरुवात


प्रकाशित मिति : चैत्र १२, २०७६ बुधबार

दुई नेपाली युवाले न्युजर्सीको जर्सी सिटीमा कोरोना संक्रमणको लक्षण देखिएका र कोरोना भाइरस संक्रमित नेपालीका घरमा औषधी र ग्रोसरी पुराउने अभियान सुरुवात गरेका छन् । दिपक परियार र बिक्की पुलामीले यस्तो अभियानको सुरुवात गरेका हुन् ।

दिपक परियार खसोखासका सम्पादक समेत हुन् भने बिक्की पुलामी कलाकार हुन् । कोही नेपाली संक्रमित भएको खण्डमा वा लक्षण देखिएको खण्डमा घरभित्रै बस्न आव्हान गर्दै आफूहरुले अत्यावश्यक ग्रोसरी र औषधी ढोकामै लगेर छाड्ने व्यवस्था गर्ने दिपक परियारले बताए ।

‘यो अभियानमा यहाँका अरु नेपालीहरु पनि जोडिनुभएको छ । यो बेला एकले अर्कालाई सघाउने बेला हो । त्यसैले यो अभियानमा साथ दिन अरु नेपालीहरुलाई पनि अनुरोध गर्दछौं ।’ –  दिपक परियारले भने ।

त्यस्तै जर्सी सिटी र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको कुनै सदस्यलाई कोरोनाको संक्रमण छ वा लक्षण देखिएको छ भने आफूहरु यो अवस्थामा ग्रोसरी, पेपर टावेल, औषधी लगायतका सामान ढोकामा पुराउन तयार रहेको बिक्की पुलामीले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुले फेसबुकमा जर्सी सिटी अर्जेन्ट नेपाली एड नेटवर्क फर कोभिड १९ समुहको समेत स्थापना गरेका छन् । दीपक परियारलाई ९१७ २४६ २५१० र बिक्की पुलामीलाई ३४७ ७०६ ५४६१ मा सम्पर्क गर्न सकिन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com