बिरामीको औषधी र ग्रोसरी ढोकामै लगिदिन न्युयोर्कमा नेपालीको फेसबुक समुह


प्रकाशित मिति : चैत्र ११, २०७६ मंगलबार

कोरोनाको लक्षण देखिएका नेपाली बिरामीको औषधी र ग्रोसरी ढोकामै लगिदिन न्युयोर्कमा नेपालीको फेसबुक समुह बनाइएको छ । अर्जेन्ट नेपाली एड नेटवर्क फर कोभिड १९ नाम दिइएको उक्त समुहमा कोरोना भाइरसको सन्दर्भमा विभिन्न सुचनामुलक सामाग्रीहरुसमेत पोष्ट गरिएका छन् ।

समुहमा सहभागी हुन यहाँ क्लिक गर्नुहोला ।

समुहका एड्मीन यादव बास्तोलाले कोरोना संक्रमणको लक्षण देखिएमा न्युयोर्कको कोरोना भाइरस हटलाइन ८८८ ३६४ ३०६५ वा न्युयोर्क स्वास्थ्य विभागको ३४७ ३९६ ७९९० मा सम्पर्क गर्न सुझाव दिएका छन् । त्यस्तै कोही व्यक्ति एक्लै भएको खण्डमा र बिरामी भएको खण्डमा औषधी र ग्रोसरी ढोकामा छाड्ने व्यवस्था गरिने समेत जनाइएको छ ।

बास्तोलाले भने – ‘हामीले न्युयोर्कमा रहेका नेपालीको मनोवल उच्च राख्न र परस्पर सहयोगबाट संकटको सामना गर्न सकिन्छ भन्ने उद्देश्यले समुहको स्थापना गरिएको हो ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com