कोरोना संक्रमणबाट न्युयोर्कका नेपालीको निधन भएकोमा सबैतिरबाट श्रद्धाञ्जली र समवेदना


प्रकाशित मिति : चैत्र ११, २०७६ मंगलबार

न्युयोर्कको एल्महस्र्ट अस्पतालमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका अनिल लिम्बु

कोरोना संक्रमणबाट न्युयोर्कका नेपालीको निधन भएकोमा सबैतिरबाट श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गरिएको छ । न्युयोर्कको एल्महस्र्ट अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिएका ५० बर्षका अनिल लिम्बुको गएराती निधन भएको हो ।

लिम्बुको निधनप्रति दुख व्यक्त गर्दै नेपाली जनसंपर्क समिती अमेरिकाका सभापति तथा नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टले लिम्बुको निधनको खबरले नेपाली जनसंपर्क समिती परिवार मर्माहात भएको बताउनुभएको छ । साथै दुखको यो घडीमा दिबंंगत आत्माको चिरशान्तीको कामना गर्दै सम्पूर्ण सोकाकुल परिवारमा जनसंपर्क समिती परिवारका तर्फबाट हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

त्यस्तै लिम्बुको निधनप्रति दुख व्यक्त गर्दै जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले कोरोना संक्रमणबाट अनिल लिम्बुको अल्पआयुमा नै निधन भएको घटनाले आफूलाई स्तव्ध र मर्माहत बनाएको भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ । साथै उहाँले मृतक लिम्बुका श्रीमती शान्ता लावती लिम्बु, छोराहरू प्रकाश लिम्बु, ताङछो हाङ लिम्बु र छोरी रेनु लिम्बु लगायत सम्पूर्ण शोकसन्तप्त परिवरजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

त्यस्तै नेपाली समाज अमेरिकाका सभापति समिर महर्जनले समाजका बोर्ड सदस्य अनिल लिम्बुको निधनमा दुख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । साथै शोकाकुल परिवारजनमा समेत हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । यसैबीच नेपाली समाज अमेरिकाले श्रद्धाञ्जली व्यक्त गर्दै भनेको छ – ‘नेपाली समाज अमेरिकाका केन्द्रीय सदस्य एवं सामाजिक अभियन्त नेपालमा पाँचथर जिल्ला कुमायक गाउँपालिका वडा नं ४, रानीगाउँ पुर्ख्यौली घर भई विगत १५ बर्षदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आउनु भएका अनिल लिम्बुको असामयिक निधन भएको खबरले हामी मर्माहत भएका छौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै प्रवासी नेपाली एकता मञ्च अमेरिकाका संयोजक टेक गुरुङले लिम्बुको निधनप्रति दुख व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ – ‘कोरोना संक्रमणबाट पाँचथर नेपाल घर भै हाल न्यूयोर्क , अमेरिका निवासी समाजसेवी, नेपाली समाज अमेरीकाका केन्द्रीय सदस्य अनिल लिम्बुको स्वर्गवासको यस दुखद घडिमा प्रवासीनेपाली एकतामंच अमेरिका दिवंगत आत्माको चीर शान्तिको कामना सहित शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछ ।’

अमेरिकामा रहेका र अमेरिकाबाहिर रहेका नेपालीहरुले समेत लिम्बुको निधनमा दुख व्यक्त गरिरहेका छन् । सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com