सिड्नीमा नेपाली विद्यार्थीबीच ‘ग्याङफाइट’, घाइते अमित कार्कीको निधन, ४ पक्राउ


प्रकाशित मिति : चैत्र ११, २०७६ मंगलबार

सिड्नीमा नेपाली विद्यार्थीबीचको ‘ग्याङफाइट’ मा घाइते अमित कार्कीको निधन भएको छ । माइनेपाल टेलिभिजनमा प्रकाशित समाचार अनुशार गत साता एउटा बारमा नेपाली युवाहरुबीच सुरु भएको हानाहान बारबाहिर निस्केपछि पनि चलेको थियो ।

शनिबार विहान ३ बजेतिर उनीहरुबीच हानाहान भएपछि उनीहरुलाई बारबाट निकालिएको थियो । त्यसपछि बाहिर निस्केर हानाहान गर्दा गम्भिर घाइते अमितलाई
सेन्ट जर्ज अस्पतालमा लगिएको थियो ।

घटनामा संलग्न ४ जना नेपालीहरुलाई पक्राउ गरेर कोग्रा प्रहरी स्टेशनमा राखिएको छ । झगडाको कारणबारे अहिलेसम्म स्पष्ट पारिएको छैन ।

ललितपुर इमाडोलका कार्की ४ बर्ष अगाडि अष्ट्रेलिया आएका थिए । झगडामा सामेल सबै अष्ट्रेलियामा उच्च शिक्षाका लागि आएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com