गीतकार सिग्देलको गीती एल्बम आबृत्ति बजारमा


प्रकाशित मिति : चैत्र ९, २०७६ आईतबार

गीतकार अच्युत सिग्देलको गीती एल्बम आबृति बजारमा आएको छ । न्यूयोर्क निवासी कवि, लेखक तथा गीतकार सिग्देलको गीती एल्बम आबृत्ति यूट्युव मार्फत लोर्कापण गरिएको हो । आबृत्तिमा माया, प्रेम, बिछोडका आठवटा गीत समावेश गरिएको छ । यस एल्बममा नारायण सुवेदी आभाषको संगित छ भने मेलिना राई, शिव परियार, निकिता थापा, जुनु रिजाल र सुरजकुमार थापाको स्वर रहेको छ ।

यस्तै दुई अतिरिक्त गीतमा चर्चित गायक संगीतकार हरि लम्सालको संगीत रहेको छ, भने रामकृष्ण ढकाल र स्वयम संगीतकार लम्सालको स्वर रहेको छ । लोक आधुनिक र नेपाली बाटो, माटो र खोला झरनाको परिवेश यस एल्वममा समावेश रहेको गीतकार सिग्देलले जानकारी दिए । आधुनिक जमाना अनुसार सहजै विश्व बजारमा पुग्नका लागि यूट्युव मार्फत एल्वम सार्वजनिक गरिएको सिग्देलको भनाई छ । रामकृष्ण ढकालको सातौं फेरा नपुरेर बोलको गीतको म्यूजिक भिडियो निमार्ण तयारी भईरहेको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com