पहिले नै तय अन्तरवार्ताका लागि बाहेक एसाइलम अफिसमा नआउन आग्रह


प्रकाशित मिति : चैत्र ४, २०७६ मंगलबार

पहिले नै तय अन्तरवार्ताका लागि बाहेक अन्य प्रयोजनका लागि विना अप्वाइन्टमेन्ट एसाइलम अफिसमा नआउन युएससीआईएसले आग्रह गरेको छ । सोमबारदेखि लागु हुनेगरी अमेरिकाका सबै एसाइलम अफिसमा वाक इन सहायता बन्द गरिएको छ ।

त्यस्तै अन्तरवार्ता बाहेकका अन्य सोधपुछ अप्वाइन्टमेन्टहरु पनि रद्द गरिएको छ । तर पहिले नै तय भएका एसाइलम अन्तरवार्तामा भने कुनै असर परेको छैन । कोरोना संक्रमण फैलिदै गएपछि युएससीआइएएसले यो कदम चालेको हो ।

एसाइलमका निर्णय, सुचना लगायतका कागजात लिनका लागि पनि अफिस नआउन युएससीआईएसले अनुरोध गरको छ । त्यस्ता सबै सुचनाहरु हुलाकमार्फत नै पठाइने भएको छ । एसाइलम अफिसमा सम्पर्क गर्न परेमा फोन, इमेल र हुलाकमार्फत सम्पर्क गर्न भनिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि बिरामी भएमा, कोरोना संक्रमणको आशंका भएमा पनि अप्वाइन्टमेन्टमा नआउन अनुरोध गरिएको छ । त्यस्तो अवस्थामा कुनै जरिवानाविना नै अर्को अप्वाइन्टमेन्ट तय गर्न आफूहरुले मद्दत गर्ने युएससीआईएसले जनाएको छ ।

युएससीआईएसको अल्बानीमा रहेको फिल्ड अफिस पुन: खुल्ला

युएससीआईएसको अल्बानीमा रहेको फिल्ड अफिस र एप्लीकेशन सर्पोट सेन्टर खुला गरिएको छ । सोमबारदेखि अनिश्चितकालिन बन्द गरिएको भन्दै युएससीआइएसले सुचना जारी गरिएकोमा मंगलबारदेखि भने खुला गरिएको छ ।

यदि बिरामी भएको खण्डमा अप्वाइन्टमेन्टहरु अर्को मितिमा सार्न भनिएको छ । तर नियमित अवस्थामा सबै अप्वाइन्टमेन्टका लागि कार्यालयमा आउन सेवाग्राहीहरुलाई अनुरोध गरिएको छ ।

तर विगत १४ दिनमा अमेरिका बाहिर कुनै पनि देशमा गएर फर्केको अवस्था भएमा भने अप्वाइन्टमेन्ट अर्को मितिमा सार्न भनिएको छ । त्यस्तै कोरोना संक्रमितसँग संसर्गमा रहेको आशंमा लागेमा वा फ्लुको जस्तो लक्षण भएमा पनि अप्वाइन्टमेन्ट सार्न भनिएको छ ।

अप्वाइन्टमेन्ट सार्दा कुनै जरिवाना नहुने युएससीआईएसले स्पष्ट पारेको छ । तर लक्षण देखिदा देखिदै अप्वाइन्टमेन्टका लागि कार्यालयमा आएमा भने अप्वाइन्टमेन्ट स्थगित गरेर पठाइने युएससीआईएसले जनाएको छ ।

अप्वाइन्टमेन्ट स्थगित गर्दा आवेदनको फैसलामा कुनै असर नपर्ने भएपनि आवेदनको फैसलामा ढिलाई भने हुनसक्ने देखिन्छ । टिबी, दादुरा, ठेउला वा अन्य संक्रमणहुनसक्ने रोग भएमा पनि अप्वाइन्टमेन्ट सार्न अनुरोध गरिएको छ ।

तत्काल अमेरिकाबाहिरबाट आएकालाई अप्वाइन्टमेन्ट स्थगित गर्न आग्रह

तत्काल अमेरिकाबाहिरबाट आएका सबैलाई ग्रिनकार्ड, नागरिकता र बायोमेट्रिक लगायत युएससीआईएसका अप्वाइन्टमेन्ट स्थगित गरेर नयाँ मिति लिन युएससीआईएसले सुचना प्रकाशित गरेको छ । विगत १४ दिनमा विश्वको जुनसुकै देशको भ्रमण गरेकाहरुलाई अप्वाइन्टमेन्टहरु स्थगित गर्न युएससीआईएसले सुचना प्रकाशित गरेको हो ।

विगतमा कोरोना संक्रमित मुलुकको भ्रमण गरेकाहरुलाईमात्र अप्वाइन्टमेन्ट स्थगित गर्न भनिएकोमा हिजोदेखि विगत १४ दिनमा विदेशको जुनसुकै देशको भ्रमण गरेकाहरुलाई पनि अप्वाइन्टमेन्ट स्थगित गर्न भनिएको छ । यदि विदेशको भ्रमण नगरेको खण्डमा पनि कोरोना संक्रमितसँग सम्पर्कमा रहेको आशंका लागेमा पनि अप्वाइन्टमेन्ट स्थगित गर्न भनिएको छ ।

सिगान बग्ने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने वा ज्वरो आउने जस्तो फ्लुका लक्षण देखिएको खण्डमा पनि युएससीआईएसको अप्वाइन्टमेन्ट स्थगित गर्न भनिएको छ । युएससीआईएसले कुनै जरिवानाविना अप्वाइन्टमेन्ट स्थगित गरेर नयाँ अप्वाइन्टमेन्ट तय गर्ने सहयोग गर्ने बताएको छ ।

युएससीआईएसका अप्वाइन्टमेन्ट पछि सार्दा त्यसबाट आवेदनबारे लिइने फैसलामा कुनै असर पर्दैन । तर आवेदनको फैसलामा भने ढिलाई हुनसक्नेछ ।

युएससीआईएसले जारी गरेको सुचना नमानेर युएससीआईएसको अप्वाइन्टमेन्टमा नआउन अनुरोध गरिएको छ । यदि विदेशको भ्रमण गरेको १४ दिनभित्र वा बिरामी भएको अवस्थामा युएससीआईएसको अप्वाइन्टमेन्टमा आएको खण्डमा कुनै कारवाही अगाडि नबढाएर युएससीआईएसले फिर्ता पठाउनसक्नेछ ।

एसाइलमका ‘मास्टर हेयरिङ’ स्थगित

अमेरिकामा सबै अध्यागमन अदालतमा हिराशतमा रहेका बाहेक अन्य सबैका मास्टर हेयरिङ स्थगित गरिएको छ । आजदेखि अप्रिल १० सम्म हिराशतमा रहेका बाहेक अन्य सबैका मास्टर हेयरिङ स्थगित गरिएको डिपार्टमेन्ट अफ जस्टिस एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ ।

यसअगाडि न्युयोर्कसिटीदेखि सान फ्रान्सिस्कोसम्मका ६ वटा अध्यामगन अदालतमा अप्रिल १० सम्मका लागि हिराशतमा रहेका बाहेकका अन्य आप्रवासीका मास्टर क्यालेण्डर सुनुवाई स्थगित गरिएको थियो ।

त्यस्तै वासिंटन राज्यमा रहेको शियाटल अध्यागमन अदालतमा अप्रिल १० सम्मका लागि सबै अध्यागमन सुनुवाईहरु स्थगित गरिएको छ । शियाटलको अध्यागमन अदालत अप्रिल १० सम्म बन्द नै रहने भएको छ । तर अन्य अध्यागमन अदालतहरु खुल्ला रहने भएपनि हिराशत बाहिर रहेकाहरुको मास्टर क्यालेण्डर सुुनुवाई हुनेछैन ।

शियाटलको इमिग्रेशन अदालत बन्द रहेको अवस्थामा इमर्जेन्सी फाइलिंग गर्न परेमा टकोमामा रहेको अध्यागमन अदालतमा गर्न सकिने भएको छ । अध्यागमन अदालतमा इन्डिभिजुअल हेयरिङ भने जारी नै रहनेछ ।

डीभी र गैरआप्रवासी भिसा अन्तरवार्ता रद्द

नेपालस्थित अमेरिकी राजदूतावासले डाइभर्सिटी भिसा अर्थात डीभी र  भिजिटर, विद्यार्थी भिसा लगायतका  गैरआप्रवासी भिसाका लागि तोकिएका सबै अपोइन्टमेन्ट रद्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फैलिएपछि अमेरिकी दूतावासले भोलिबाट लागु हुनेगरी भिसाका लागि अपोइन्टमेन्टहरु रद्द गरेको हो ।

यसअघि नै बुझाएको एमआरभी शुल्क भने मान्य हुने दूतावासले जनाएको छ । पहिले नै बुझाएको भिसा शुल्कका आधारमा भविश्यमा एकवर्षभित्र नयाँ अप्वाइन्टमेन्ट लिन सकिनेछ ।

आपतकालीन अवस्थामा भने तत्काल दूतावासमा सम्पर्क गर्न र दूतावासले तोकेको मापदण्डअनुसार आपतकालीन अपोइन्टमेन्टको लागि प्रक्रिया अघि बढाउन दूतावासले भनेको छ । मेडिकल आवश्यकता, मृत्यु वा अन्त्येष्टी लगायतका मानवीय कारणले आपतकालिन अप्वाइन्टमेन्टहरु लिनसकिन्छ ।

दूतावासले स्थगन गरिएको भिसा सेवा छिटो सुरु गरिने जनाएको छ । यद्यपि, मितिबारे भने केही खुलाएको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com