पुष्कर बरालको नयाँ गजल गीत बजारमा


प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार

डेढ़ दशक देखि साहित्य लेखनमा सकृय पुष्कर बरालको शब्दमा करोडौका लोकप्रिय गायक बादलुको घुम्टोले, निष्टुरीले छाडेर गईहाली, माया बस्यो मुटुमा, मन रहे पो माया प्रिती जस्ता सयौ हिट गीत नेपाली साँङगीतिक बजारलई दिन सफल गायक यम बरालको अर्को नयाँगजल गीत हलचल जीन्दगीमा भर्खरै युटुबबाट स्रोता माझ आएको छ । जादुमयी स्वरका धनि यम बरालले यो गजल गीतमा आफै संगीत भरेका छन् ।

गीतमा आँशुका कुरा छन्, प्रेमका कुरा छन् बिछोड र उदासिपनका कुरा छन् । मान्छे जीवनमा एक न एक रुपमा एक्लो बन्छ र उसको जिन्दगीमा कस्ता कस्ता पिडाका बाढिहरु उर्लन्छन् भन्ने कुरालाई गजलकार गीतकारले शब्दमा एकदमै मार्मिक ढङ्गले उतार्न सफल भएको देखिन्छ ।

भिडीयोमा पछिल्लो समय अभिनयमा निकै ब्यस्त रहेकी नायिका/ मोडल केकी अधिकारी र गजलकार पुष्कर बराललाई भिडीयोमा देख्न सकिन्छ भने भिडीयोमा कृश थापा र पृन्साले पनि सघाएका छन् । ओएसआर डिजीटल युटुब च्यानल बाट बजारमा आएको यो गजल गीतलाई बिक्की पुलामी मगरले भिडीयो निर्देशन गरेका छन् भने प्रज्वल पन्तले भिडीओ खिचेका हुन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com