६ महिनाको आप्रवासी भिसा सकिन लागेकाले कोरोनाको कारण तत्काल अमेरिका आउन नसके के गर्ने ?


प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार

कुनै पनि आप्रवासी भिसा सामान्यतया ६ महिनाको लागि अद्यावधिक हुने र ६ महिनाभित्रै अमेरिका प्रवेश गरिसक्नुपर्ने हुन्छ । अझ स्वास्थ्य प्रमाणपत्र ६ महिनाभन्दा अगाडि नै एक्सपायर हुने अवस्था भएमा ६ महिनाको आप्रवासी भिसा भएपनि स्वास्थ्य प्रमाणपत्र एक्सापायर हुनुभन्दा अगाडि नै अमेरिका प्रवेश गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

यदि कुनै विशेष र मानवीय कारणवश ६ महिनाभित्र आउन नसक्ने अवस्था भएमा अमेरिकी कन्सुलेटमा अवधि थपको माग गर्दै लिखित आवेदन दिनसकिने प्रावधान रहेको छ । तर त्यस्तो आवेदन कन्सुलेटले स्वीकार गरेर भिसा थप्ने ग्यारेन्टी भने हुँदैन ।

यदि कोरोना भाइरसको संक्रमणको डरले तत्काल अमेरिका आउन नसक्ने अवस्था भएमा र तपाईको आप्रवासी भिसाको अवधि समाप्त हुन लागेको छ भने तत्काल अमेरिकी दूतावास वा कन्सुलेटमा सम्पर्क गर्न कानुन व्यवसायी रमेश श्रेष्ठले सुझाव दिनुभएको छ ।

उहाँले भन्नुभयो – ‘यदि तपाईको आप्रवासी भिसा सकिन लागेको छ । र, तपाई कोरोनाको त्रासका कारण वा कोरोना संक्रमणका कारण अमेरिका आउन नसक्ने अवस्था छ भने तपाईले तुरुन्तै अमेरिकी दूतावासमा सम्पर्क गर्नुपर्छ । त्यसपछि उनीहरुले दिएको निर्देशिकालाई फ्लो गर्नुपर्छ ।’

६० कटेकाहरुलाई कोरोना संक्रमणको जोखिम बढी हुने र कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या पनि बृद्धबृद्धाहरुमा बढी रहेकाले सो उमेर समुहका व्यक्तिहरुलाई सकभर यात्रा नगर्न सुझाव दिइएको छ । त्यस्तै पहिले नै कुनै स्वास्थ्य समस्या भएका वा स्वासप्रस्वाससम्बन्धि रोग भएकाहरुलाई पनि यो समयमा सकभर यात्रा नगर्न सुझाव दिइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com