६ महिनाको आप्रवासी भिसा सकिन लागेकाले कोरोनाको कारण तत्काल अमेरिका आउन नसके के गर्ने ?


प्रकाशित मिति : चैत्र २, २०७६ आईतबार

कुनै पनि आप्रवासी भिसा सामान्यतया ६ महिनाको लागि अद्यावधिक हुने र ६ महिनाभित्रै अमेरिका प्रवेश गरिसक्नुपर्ने हुन्छ । अझ स्वास्थ्य प्रमाणपत्र ६ महिनाभन्दा अगाडि नै एक्सपायर हुने अवस्था भएमा ६ महिनाको आप्रवासी भिसा भएपनि स्वास्थ्य प्रमाणपत्र एक्सापायर हुनुभन्दा अगाडि नै अमेरिका प्रवेश गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

यदि कुनै विशेष र मानवीय कारणवश ६ महिनाभित्र आउन नसक्ने अवस्था भएमा अमेरिकी कन्सुलेटमा अवधि थपको माग गर्दै लिखित आवेदन दिनसकिने प्रावधान रहेको छ । तर त्यस्तो आवेदन कन्सुलेटले स्वीकार गरेर भिसा थप्ने ग्यारेन्टी भने हुँदैन ।

यदि कोरोना भाइरसको संक्रमणको डरले तत्काल अमेरिका आउन नसक्ने अवस्था भएमा र तपाईको आप्रवासी भिसाको अवधि समाप्त हुन लागेको छ भने तत्काल अमेरिकी दूतावास वा कन्सुलेटमा सम्पर्क गर्न कानुन व्यवसायी रमेश श्रेष्ठले सुझाव दिनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँले भन्नुभयो – ‘यदि तपाईको आप्रवासी भिसा सकिन लागेको छ । र, तपाई कोरोनाको त्रासका कारण वा कोरोना संक्रमणका कारण अमेरिका आउन नसक्ने अवस्था छ भने तपाईले तुरुन्तै अमेरिकी दूतावासमा सम्पर्क गर्नुपर्छ । त्यसपछि उनीहरुले दिएको निर्देशिकालाई फ्लो गर्नुपर्छ ।’

६० कटेकाहरुलाई कोरोना संक्रमणको जोखिम बढी हुने र कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या पनि बृद्धबृद्धाहरुमा बढी रहेकाले सो उमेर समुहका व्यक्तिहरुलाई सकभर यात्रा नगर्न सुझाव दिइएको छ । त्यस्तै पहिले नै कुनै स्वास्थ्य समस्या भएका वा स्वासप्रस्वाससम्बन्धि रोग भएकाहरुलाई पनि यो समयमा सकभर यात्रा नगर्न सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com