‘एसाइलम जिताइदिने ग्यारेन्टी गर्ने वकिल नलिनुहोस्’


प्रकाशित मिति : चैत्र १३, २०७३ आईतबार

यदि कुनै वकिलले अमेरिकामा एसाइलम जिताइदिने ग्यारेन्टी गर्छ भने त्यस्तो वकिल नलिन चर्चित अमेरिकन कानुनविद् ज्यासन जुबोले सुझाव दिएका छन् । एसाइलम जित्ने कुराको कसैले ग्यारेन्टी गर्न नसक्ने तर अनुमानमात्र गर्न सक्ने उनले बताएका छन् ।

ज्यासन जुबोले भनेका छन् – ‘कुनै पनि वकिलले जित्ने कुराको ग्यारेन्टी गर्न सक्दैन । किनभने फैसला वकिलले होइन, सरकारले गर्छ ।’

यदि कुनै वकिलले न्यायाधिससँग आफ्नो राम्रो सम्बन्ध भएको, न्यायाधिससँग राम्रो परिचय रहेको वा साथी रहेको भन्दै सुनुवाईको मिति छिटो मिलाइदिने वाचा गर्छ भने त्यस्तो वकिलको विश्वास नगर्न जुबोले सुझाव दिएका छन् । उनले भनेका छन् -‘उसले तपाईको मुद्दा लिनका लागि गलत वाचा गरेको हुनसक्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com