कोरोना भाइरसको आशंकामा भर्ना भएका ६ जना डिस्चार्ज


प्रकाशित मिति : चैत्र १, २०७६ शनिबार

कोरोना भाइरसको आशंकामा सरुवा रोग अस्पताल टेकु र पाटन अस्पताल भर्ना भएका ६ जना डिस्चार्ज भएका छन् । आइसोलेसन वार्डबाट डिस्चार्ज भएकामध्ये पाँचजना घर गएका छन् ।

एकजनालाई सामान्य वार्डमा राखिएको डा. अनुप बाँस्तोलाले बताए । उनीहरू सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । सरुवा रोग अस्पताल टेकुमा चार र पाटन अस्पतालमा दुईजना भर्ना भएका थिए ।

सरकारले मेडिकल कलेजहरूसँग पनि सहयोग मागेको छ । कोरोना भाइरसका बिरामी देखिएको अवस्थामा कति संख्यामा शय्या उपलब्ध गराउन सक्ने क्षमता छ भन्दै जानकारीसमेत माग गरेको छ ।

शिक्षा र स्वास्थ्य मन्त्रालयले छलफल गरी मेडिकल कलेजहरूको सहयोग माग्ने बताएका हुन् । ६ चैतदेखि सुरु हुने एसइई परीक्षाका लागि तय गरिएका १९९४ सेन्टरमा हेल्थ डेस्क राख्ने निर्णय भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना भाइरस संक्रमण देखिएका ८० प्रतिशत व्यक्तिमा सामान्य प्रकारको लक्षण देखिने चिकित्सकहरूको भनाइ छ । उनीहरू घरमा आराम मात्रै गरे पनि ठीक हुन्छन् । १५ प्रतिशतलाई आइसोलेसन वार्डको र ५ प्रतिशतलाई आइसियूसहित भेन्टिलेटरको आवश्यकता पर्छ ।

कोरोना उपचारमा संलग्न चिकित्सक डा. अनुप बाँस्तोलाका अनुसार गम्भीर अवस्थामा आइसियूमा भर्ना भएका बिरामी कम्तीमा २८ दिनसम्म बस्नुपर्ने हुन्छ । कोरोना उपचार गर्ने सरुवा रोग अस्पताल टेकुमा हाल चार शय्याको आइसियू सञ्चालन छ । कम्तीमा दश शय्या थप गर्न सक्ने खाली ठाउँ छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com